back
NMB ad

पाँचथरका आठ स्थानीय तहमा ७ करोड ३१ लाख बढी बेरुजू

Kumari bank ad

पाँचथर । पाँचथरका स्थानीय तहमा ७ करोड रुपैयाँभन्दा वढी रकम बेरुजू देखिएको छ । जिल्लाका आठ स्थानीय तहमा ७ करोड ३१ लाख ९९ हजार बेरुजू रहेका छन ।

महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा पाँचथरका स्थानीय तहले यति ठूलो रकम फर्यौैट गर्न नसकेको हो ।

यो पाँचथरका स्थानीय तहहरुमा विनियोजित कुल रकमको ३ दशमलव ९३ प्रतिशत हो । आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै बैरुजू कुम्मायक गाउँपालिकाको रहेको छ । कुम्मायक गाउँपालिकाको २ करोड १८ लाख ३१ हजार बेरुजू रहेको छ ।

यति धेरै रकम बेरुजू हुनुमा प्राविधिक कारण रहेको कुम्मायक गाउँपालिकाका प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

उहाँले बेरुजू देखिएको रकममध्ये १ करोड ३० लाख फर्यौट भएको तर प्राविधिक कारण लेखापरिक्षण प्रतिवेदनमा समिट गर्न नसकिएको बताउनुभयो ।

कुम्मायकपछि मिक्लाजोङ गाउँपालिकाकोे १ करोड ३९ लाख १८ हजार, फिदिम नगरपालिकाको ८४ लाख २७ हजार, फालेलुङ गाउँपालिकाको ३८ लाख ९४ हजार, फाल्गुनन्द गाउँपालिकाको ४३ लाख ३१ हजार रहेको छ ।

त्यस्तै तुम्वेवा गाउँपालिकाको ९४ लाख ६३ हजार र याङवरक गाउँपालिकाको ५७ लाख २४ हजार रकम बेरुजू रहेको छ । सबै भन्दा कम बेरुजू फालेलुङ गाउँपालिकाको ३८ लाख ९४ हजार रहेको छ ।

२०७६ भदौ २ गते प्रकाशित

 

वि.सं.२०७६ भदौ २ सोमवार १२:५० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...