back
NMB ad

कहिले बिक्छ राष्ट्र बैंकले लिलामीमा ल्याएको नेप्सेको अवितरित शेयर?

Kumari bank ad

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले लिलामीमा ल्याएको नेप्सेमा रहेको आफ्नो स्वामित्वको शेयरमध्ये करिब २० प्रतिशत शेयर मात्र बिक्री भएको छ ।

कर्मचारी सञ्चय कोष, लक्ष्मी र प्रभु बैंकले सो परिमाणको शेयर किन्न बोलपत्र पेश गरेका हुन । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले नेप्सेमा रहेको राष्ट्र बैंकको कूल शेयर ३४.६० प्रतिशत मध्ये तीन संस्थागत लगानीकर्ताबाट करिब २० प्रतिशत शेयरका लागि मात्र आवेदन परेको जानकारी दिनुभयो ।

यससँगै नेप्सेमा अब कर्मचारी सञ्चकोष सहित दुई वाणिज्य बैंकहरु लक्ष्मी बैंक र प्रभु बैंक शेयरधनी बनेका छन । राष्ट्र बैंकले १७ लाख २९ हजार ९८९ कित्ता शेयरमा बोलपत्र आह्वान गरेकोमा १० लाख कित्ता हाराहारीमा मात्र आवेदन परेको हो।

७ लाख बढी कित्ता शेयर भने अवितरित भएको छ । एक महिना अवधि दिएर सार्वजनिक बोलपत्र आह्वान गरेपनि सबै शेयर बिक्री हुन नसकेको हो।

केन्द्रीय बैंकले नेप्सेमा आफ्नो स्वामित्वमा रहेको ३४.६० प्रतिशत बराबरको १७ लाख २९ हजार ९८९ कित्ता शेयरका लागि असार ३१ गतेदेखि भदौ २ गतेसम्म बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको थियो।

प्रवक्ता निरौलाका अनुसार लिलामीमा ल्याइएको अवितरित शेयर फेरि कहिले लिलामीमा ल्याउने सम्बन्धमा राष्ट्र बैंकको बोर्ड बैठकले छिट्टै निर्णय गरि राष्ट्र बैंकले नेप्सेमा आफ्नो स्वामित्वमा रहेको सबै शेयर बिक्री गर्ने बताउनुभयो ।

२०७६ भदौ ४ गते प्रकाशित

वि.सं.२०७६ भदौ ४ बुधवार १४:२४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...