back
NMB ad

सोह्र सचिवको सरुवा, हेर्नुहोस् को कहाँ

Kumari bank ad

काठमाडौं । सरकारले १६ सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरेको जानकारी दिनुभएको छ ।

उहाँका अनुसार माधव बेल्वासे राष्ट्रिय सतर्कता केन्द्रबाट खानेपानी तथा सरसफाइ मन्त्रालय, केदारबहादुर अधिकारी उद्योग, वाणिज्य तथा आपूर्तिबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डनय मन्त्रालय, मोहनकृष्ण सापकोटा पर्यटन मन्त्रालयबाट सार्वजनिक खरीद अनुगमन कार्यालय सरुवा भएका छन ।

यसैगरि महेशप्रसाद दाहाल श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, डा सञ्जय शर्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान तथा प्रविधिमा, खगराज बराल शिक्षाबाट स्वास्थ्य तथा जनसङ्ख्यामा सरुवा भएका छन ।

यस्तै गोपीनाथ मैनालीलाई भूमि, व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयबाट महालेखा नियन्त्रण कार्यालयमा, विनोद केसीलाई राष्ट्रपति कार्यालयबाट श्रम मन्त्रालयमा, टेकेन्द्रराज शर्मा पौडेललाई सार्वजनिक खरीद अनुगमनबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा, महेन्द्रप्रसाद गुरागाईंलाई लोकसेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, वैकुण्ठ अर्याललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

सरकारले रामप्रसाद थपलियालाई स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट युवा तथा खेलकूद मन्त्रालयमा, तीर्थराज ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नं ५ बाट प्रधानमन्त्री कार्यालय, आनन्दराज ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नं ३ बाट लोकसेवा आयोगमा, सूर्यप्रसाद गौतमलाई महालेखा परीक्षक नियन्त्रकको कार्यालयबाट भूमि, व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयमा र डा.हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ ।

मन्त्रिपरिषदको बैठकले सचिवहरुको सरुवासँगै चार जना सहसचिवलाई सचिवमा बढुवा पनि गरेको छ । बढुवा हुनेहरुमा तोयम राय, तोयनारायण ज्ञवाली, रवीन्द्र श्रेष्ठ र शिवहरि शर्मा छन ।

बैठकले प्रदेश सचिव पदमा सम्बन्धित सेवाका राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिवलाई खटाउँदा सामान्यतया ज्येष्ठतामध्येबाट कम्तीमा एक वर्षका लागि खटाउने निर्णय गरेको छ ।

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ६ शुक्रवार १७:०३ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...