काठमाण्डौ । सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँ बढेको नयाँ रेकर्ड कायम गरेको छ ।
आइतबार तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरि कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत बुधबारदेखि तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको थियो । चाँदी पनि आइतबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ५० रुपैयाँ पुगेको छ ।
२०७६ भदौ ८ गते प्रकाशित
वि.सं.२०७६ भदौ ८ आइतवार ११:२४ मा प्रकाशित