back
NMB ad

भोलिदेखि आँघिखोला लघुवित्तको १० लाख कित्ता शेयर बजारमा

Kumari bank ad

काठमाडौँ । भोली भदौ ९ गते सोमबार देखि आँघिखोला लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार सुचारु हुने भएको छ ।कम्पनीले आइतबार आईपीओ सहित कूल १० लाख कित्ता शेयर शेयर कारोबारका लागि नेप्सेमा सूचीकृत गरेको छ । यससँगै सोमबार देखि लघुवित्तको आईपीओ प्राप्त गरेका लगानीकर्ताले खरिद बिक्री गर्न सक्नेछन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लघुवित्त कम्पनीको शेयर कारोबारको लागि “एकेबिएसएल” कारोबार संकेत प्रदान गरेको छ । सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा लघुवित्त कम्पनीको यहि सिम्बोलमा कारोबार हुनेछ । लघुवित्तको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६ पैसा सम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोहि रेञ्जलाई आधार मानेर सोमबार लघुवित्तको पहिलो शेयर कारोबार खुल्नेछ। नेप्सेले कम्पनीको नेटवर्थलाई न्यूनतम र नेटवर्थको अधिकतम तीन गुणा सम्म ओपनिङ्ग रेञ्ज प्रदान गर्ने गरेको छ।

गत असार २२ देखि २५ गतेसम्म आँधिखोला लघुवित्तले सर्वसाधारणको लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरी असार ३० गते बाँडफाँड गरेको थियो। आईपीओमा आवेदन गर्नेमध्ये १२.४८ प्रतिशतले मात्र शेयर हात पारेका थिए भने ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका इकाइहरुका लागि बाँडफाँड गरिएको थियो।

आईपीओ पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० कायम भएको छ। १० जिल्लामा १९ शाखा विस्तार गरी वित्तीय सेवा दिँदै आएको लघुवित्तको स्याङ्जा भीरकोट १ बयरघारीमा केन्द्रीय कार्यालय रहेको छ ।

२०७६ भदौ ०८ गते प्रकाशित

वि.सं.२०७६ भदौ ८ आइतवार १६:३५ मा प्रकाशित

You can share this post!

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

नेपाल वेयरहाउजिङ्ग कम्पनीको स्वतन्त्र सञ्चालकमा सदिक्षा श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०६

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक...

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:०१

काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार...

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५७

अबुधाबी (युएई), २१ वैशाख : संयुक्त अरब इमिरेट्स (युएई) ले...

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...