back
NMB ad

आजदेखि आँघिखोला लघुवित्तको १० लाख कित्ता नेप्सेमा शेयर कारोबार

Kumari bank ad

काठमाडौँ । आज भदौ ९ गते देखि आँघिखोला लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार सुचारु हुने भएको छ ।

कम्पनीले आइतबार आईपीओ सहित कूल १० लाख कित्ता शेयर शेयर कारोबारका लागि नेप्सेमा सूचीकृत गरेको छ । यससँगै सोमबार देखि लघुवित्तको आईपीओ प्राप्त गरेका लगानीकर्ताले खरिद बिक्री गर्न सक्नेछन्।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले लघुवित्त कम्पनीको शेयर कारोबारको लागि “एकेबिएसएल” कारोबार संकेत प्रदान गरेको छ । आजदेखि धितोपत्रको दोस्रो बजारमा लघुवित्त कम्पनीको यहि सिम्बोलमा कारोबार हुनेछ ।

लघुवित्तको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ८७ रुपैयाँ ७२ पैसादेखि अधिकतम २६३ रुपैयाँ १६ पैसा सम्म ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

सोहि रेञ्जलाई आधार मानेर सोमबार लघुवित्तको पहिलो शेयर कारोबार खुल्नेछ। नेप्सेले कम्पनीको नेटवर्थलाई न्यूनतम र नेटवर्थको अधिकतम तीन गुणा सम्म ओपनिङ्ग रेञ्ज प्रदान गर्ने गरेको छ।

गत असार २२ देखि २५ गतेसम्म आँधिखोला लघुवित्तले सर्वसाधारणको लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरी असार ३० गते बाँडफाँड गरेको थियो।

आईपीओमा आवेदन गर्नेमध्ये १२.४८ प्रतिशतले मात्र शेयर हात पारेका थिए भने ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका इकाइहरुका लागि बाँडफाँड गरिएको थियो।

आईपीओ पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ भने संस्थापक साधारण शेयर अनुपात ६०ः४० कायम भएको छ।

१० जिल्लामा १९ शाखा विस्तार गरी वित्तीय सेवा दिँदै आएको लघुवित्तको स्याङ्जा भीरकोट १ बयरघारीमा केन्द्रीय कार्यालय रहेको छ ।

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार ०७:३२ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...