back
NMB ad

रबी सहित तीनै जना रिहा, अदातलको विषयमा सिधाकुरा जनतासँग भने चलाउन नपाउने

Kumari bank ad

काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा तारेखमा रिहा गर्न आदेश दिएको हो ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए । २० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रवि सहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।

यस्तै युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको थियो ।

रवी लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम सिधा कुरा जनता संगमा यो अदालतको विषयमा कार्यक्रम गर्न नपाउने निर्णय भएको छ भने सिधा कुरा जनता संग कार्यक्रम भने चलाउन पाउने छन् ।

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार १८:२३ मा प्रकाशित

You can share this post!

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...