back
NMB ad

‘महिलाहरु घरमै सुत्केरी हुन छोडे, पुरानो परम्परालाई तोडे’

Kumari bank ad

डोटी । घरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै डोटीको ग्रामीण भेगका गर्भवती हिजोआज सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन ।

जिल्ला जनस्वास्थ्य कार्यालयले डोटीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङ्ख्या बढ्ेको जिल्ला अस्पताल डोटीका डा गिरिश अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणाको अभियानसँगै व्यापक प्रचारप्रसारपछि सुत्केरी हुने आमा स्वास्थ्य संस्था धाउन थालेका हुन् ।” तीन वर्षको तथ्याङ्क हेर्दा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा डोटीमा कूल गर्भवतीको ५७ प्रतिशत र आव २०७४/७५ मा ६६ प्रतिशत स्वास्थ्य संस्थामा गएर सुत्केरी भएका थिए । आव २०७५/७६ मा भने ६४ प्रतिशत पुगेको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी हुने घट्नुको मुख्य कारण दोहोरो बसाइँ रहेको जिल्ला जन स्वास्थ्य कार्यालय डोटीका मेडिकल सुपरीटेण्डेन्ट डा भूषण मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “डोटीका अधिकांशको बसाइ कैलालीमा छ, दोहोरो बसाइ तथा सुविधा सम्पन्न अस्पतालमा सुत्केरी गराउन बाहिर लैजाने गरेकाले केही घटेको हो ।”

स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण महिला सुत्केरी हुन नजिकैको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, इलाका स्वास्थ्य कार्यालय तथा स्वास्थ्यचौकीमा जाने गरेको इलाका स्वास्थ्य कार्यालय रानागाउँका सिनियर अहेब वेदप्रकाश जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदाका बारेमा बुझेपछि सुत्केरी हुन महिला स्वास्थ्य संस्था जाने गरेका हुन ।”

आव ०७४/७५ मा ८६ र आव ०७५/७६ मा १०५ महिलाले सुरक्षित सुत्केरी गराएको सो इलाका स्वास्थ्य कार्यालयका अनमी हरिप्रिया शाहीले बताउनुभयो ।

सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेलाई सङ्घीय सरकारले यातायात खर्चस्वरुप पहाडी जिल्लामा रु दुई हजार उपलब्ध गराउँदै आएकोमा यहाँका नौ वटा स्थानीय तहले नयाँ जन्मिने बालबालिका र नानी बाबु पाउने आमालाई नयाँ लुगा दिने नियम बनाएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढेको बडिकेदार गाउँपालिका–२ का वडाध्यक्ष वीरेन्द्र कोडकेनीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यातायात खर्चसहित न्यानो लुगा दिने नियम चलाएपछि अहिले प्राय कोही पनि महिला घरमा सुत्केरी हुदैनन् ।” डोटीका नौ स्थानीय तहका करीब १०० ठाउँमा सुरक्षित प्रसूति केन्द्र सञ्चालनमा छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुनथालेपछि आमा र बच्चाको ज्यान जाने खतरा करीब शून्यमा झरेको स्वास्थ्यकर्मीको दाबी छ ।

यसैबीच केआइसिंह गाउँपालिका–५ रानागाउँका ६० वर्षिया रतिभान ढोलीको हर्नियाको समस्या भएको दश वर्ष भयो । मजदूरीको सिलसिलामा भारतमा रहँदा सामान्य उपचारपछि नेपाल फर्किएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले भारतमा उपचार त गरेँ तर नेपाल फर्किएपछि फेरि समस्या बल्झियो, पैसा छैन, अहिले धेरै समस्या भएको छ ।” १० वर्ष पहिला आएको समस्या फेरि दोहोरीएपछि उपचारका लागि भारत जाने सोच बनाएपनि आर्थिक अवस्था कमजोर भएकाले जान नसकेको उहाँले गुनासो गर्नुभयो ।

पेटको एक छेउतिर फुत्त परेको भूँडी देखाउँदै उहाँले भन्नुभयो, “मैले सहयोगका लागि स्थानीय सरकार सबै निकायसँग सहयोगका लागि आग्रह गरे तर कसैले सहयोग गरेनन ।” कसैले सहयोग नगरेपछि स्थानीय युवाले उहाँको उपचारलाई सहयोग रकम सङ्कलन गर्न थालेका छन ।

रकम नहुँदा रतिभानको ज्याननै खतरामा भएकाले युवाको समूह मिलेर आर्थिक सहयोग सङ्कलन कार्यक्रम सञ्चालन गरिएको रकम सङ्कलन अभियान सञ्चालन गरेका राना गाउँका युवा यज्ञ पार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले अहिले दैनिकजसो विभिन्न सङ्घ संस्था तथा व्यक्तिसङ्ग उपचार सहयोगका लागि राहत रकम जुटाइरहेका छौँ, सबैले सहयोग गरे उहाँको ज्यान जोगिन्थ्यो ।”

चिकित्सकका अनुसार रतिभानको उपचारका लागि रु दुई लाख रुपैँया आवश्यक पर्ने भएको छ ।युवाको आर्थिक सङ्कलन अभियानले अहिलेसम्म रु ४० हजार सङ्कलन गरिसकेको जनाइएको छ ।

दश जनाको संयुक्तपरिवार रहेको रतिभानको परिवार रतिभान बिरामी परेर थला परेपछि बिचल्लीमा परेको स्थानीयवासी बताउछन ।-रासस

२०७६ भदौ ०९ गते प्रकाशित

वि.सं.२०७६ भदौ ९ सोमवार १७:४८ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...