back
NMB ad

३० करोडको पशु बधशाला निर्माण गरिँदै

Kumari bank ad

राँझा । बाँकेको कोहलपुरमा ३० करोड रूपैयाँको लागतमा पशु बधशाला निर्माण गरिने भएको छ ।

जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को अवधारणामा कोहलपुर नगरपालिका–१२ स्थित निबुवामा पशु बधशाला निर्माणका लागि बोलपत्र भइसकेको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँकाअनुसार, पशु बधशाला निर्माणका लागि आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाको एक करोड ९७ लाख रूपैयाँ र प्रदेश सरकारको एक करोड ९७ लाख रूपैयाँ गरेर नाली निर्माण तटबन्धन गर्न काम शुरु गर्ने सहमति भएको छ ।

पशुबधशालाको संरचना निर्माणमा २० करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । नगरपालिकाको आर्थिक विकास समितिका संयोजक डिलबहादुर परियारले हेफर इन्टरनेशनलले सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

उहाँले निबुवामा निर्माण हुने पशुबधशालाको गुरुयोजना तयार भएकाले दुई बिघा जग्गामा पूर्वाधारको काम शुरु भएको जानकारी दिनुभयो । कोलकताको जिकेसन एण्ड एशोसिएट्सले डीपीआरको काम गरिरहेको छ ।

बधशाला निर्माणमा सहजीकरणको भूमिका निर्वाह गरिरहेको हेफर इन्टरनेशनलका कार्यक्रम प्रबन्धक प्रकाश केसीले पशु बधशाला निर्माणका लागि खजुरा गाउँपालिकाबाट २० लाख रूपैयाँ, नेपालगञ्ज उपमहानगरपालिकाबाट १० लाख रूपैयाँ, बैजनाथ गाउँपालिकाबाट १० लाख रूपैयाँ र राप्ती सोनारी गाउँपालिकाले पाँच लाख रूपैयाँ लगानी गर्ने सुनिश्चित भएको बताउनुभयो ।

पशु बधशालाको निर्माणमा सामाजिक उद्यमी जिल्ला सङ्घ, बाँकेमा संलग्न १५ सामाजिक उद्यमी महिला सहकारी संस्थाका १० हजार महिलाले एक करोड ३० लाख रूपैयाँ लगानी गर्ने भेटनरी अस्पतालका प्रमुख डा हरिबहादुर कुँवरले बताउनुभयो ।

बाँकेका सबै स्थानीय तह, सहकारी र प्रदेश नं ५ सरकार बधशाला निर्माणमा सक्रियताका साथ लागिपरेका छन् । आर्थिक वर्ष २०७६/७७ मा बधशाला निर्माणका लागि प्रदेश सरकारले सात करोड रूपैयाँ बजेट विनियोजन गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो ।

प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा बाँकेमा तीन अत्याधुनिक मासुबजार सञ्चालन भएका छन। कृषि मन्त्रालयले यम्मी फ्रोजन नेपालगञ्जका सञ्चालक दीपेन्द्रराज श्रेष्ठ, एमके पिग फार्म कोहलपुरका माधव रेग्मी र जयपृथ्वी कृषि सहकारी संस्था नेपालगञ्जका अध्यक्ष लोकेन्द्रबहादुर चन्दसँगको साझेदारीमा अत्याधुनिक मासुबजार सञ्चालनमा ल्याएको हो ।

निजी क्षेत्रले ५० लाख रूपैयाँको लगानी सुनिश्चित गरेपछि त्यसका आधारमा प्रदेश सरकारले ५० लाख रूपैयाँ अनुदान दिएको मन्त्री पौडेलले बताउनुभयो ।

उहाँले बधशाला निर्माणसँगै जिल्लाको उत्पादन जिल्लामा खपत हुने र जनतालाई स्वस्थ मासु उपलब्ध गराउनुका साथै रोजगारी सिर्जनामा पशुबधशालाले भूमिका खेल्नेमा जोड दिनुभयो । -रासस

२०७६ भदौ १० गते प्रकाशित

वि.सं.२०७६ भदौ १० मंगलवार १६:५२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...