back
NMB ad

नेपाल टेलिकमको सस्तो दरमा इन्टरनेटः अव प्रतिएमबी ३ पैसामै, यस्ता छन सुविधाहरु

Kumari bank ad

काठमाडौं ।  नेपाल टेलिकमले प्रतिएमबी ३ पैसामै इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ ।

कम्पनीले दैनिक रूपमा प्रयोग गर्न सकिने गरी ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।

सुविधा लिनका लागि वान डी वान जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्ने कम्पनीले बताएको छ । सुविधाअन्तर्गत २४ घन्टासम्म प्रयोग गर्न सकिने गरी ४५ रुपैयाँ (करसहित) मा १ जिबी डाटा चलाउन सकिनेछ । यस छुट योजनामा प्रतिएमबी करसहित ४.५ पैसा लाग्छ ।

यसैगरी कम्पनीले ग्राहकहरूको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जिबी डाटा योजना पनि उपलब्ध गराइरहेको छ ।

सेभेन डी सेभेन जी लेखेर १४१५ मा सन्देश पठाएपछि ७ दिनसम्म प्रतिदिन १ जिबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रतिएमबी करसहित ३.५ पैसा मात्र लाग्छ ।

नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जिबीको सुविधा लिन सकिन्छ ।
यस प्याकेजमा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जिबी डाटा चलाउन पाइन्छ ।

यो सुविधा प्रयोग गर्नका निम्ति २८ डी २८ जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्छ । यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रतिएमबी करसहित ३ पैसा मात्र पर्छ ।

वि.सं.२०७६ भदौ ११ बुधवार ०८:०१ मा प्रकाशित

You can share this post!

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...