काठमाडौं । देशका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने राष्ट्रिय वाणिज्य बैंक पहिलो बैंक बन्न सफल भएको छ ।
बुधबार एकै दिन १४ वटा नयाँ शाखाको उद्घाटन गरी कुल शाखा संख्या २३६ पुर्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त शाखाहरुको संयुक्त उद्घाटन गर्नुभएको हो ।
राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं १ मा झापाको चकचकी र मोरङको कर्सिवाबजार, प्रदेश नं २ मा रौतहटको चन्द्रपूर, पर्साको पोखरीया तथा महोत्तरीको बलवाबजार र पिपरामा शाखा विस्तार गरेको छ ।यस्तै, प्रदेश नं ३ मा मकवानपुरको भिमफेदी र काठमाडौं कोटेश्वर र टोखामा शाखा संचालन गरेको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा नवलपुरको टांगीकोट र तनहुको खैरेनीटार तथा प्रदेश नं ५ मा दाङको घोराही, कपिलवस्तु चन्द्रौटा र पूर्तिघाट गुल्मीमा शाखा विस्तार गरेको छ ।
२०७६ भदौ ११ गते प्रकाशित
वि.सं.२०७६ भदौ ११ बुधवार १६:५० मा प्रकाशित