back
NMB ad

डेढ करोडको बिमा सुरक्षा सहित मेगा बैंकको योजनाः ‘मेगा माया बचत खाता फेमिली फस्ट’

Kumari bank ad

काठमाडौँ । मेगा बैंकले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना ल्याएको छ । ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले उक्त योजना ल्याएको हो ।

खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिने बैंकले जनाएको छ । खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखिएको छ ।

तीन फरक योजनाहरुमध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिनेछ । जसबाट दुर्घटना मृत्यु बिमा, घातक रोग बिमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम डेढ करोड रुपैयाँसम्मको बिमा सुरक्षाको व्यवस्था गरिएको छ ।

यो बाणिज्य बैंकहरुले प्रदान गर्दै आएको बीमा सुरक्षा रकममध्ये हालसम्मकै सर्वाधिक रकम हो ।  खासगरि निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारमुलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, बिभिन्न पेशा व्यावसायमा आबद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने बैंकको विश्वास छ ।

यो खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

मेगा बैंकले यसअघिदेखि नै न्यूनतम मौज्दात एक हजारदेखि नै बिमा सुविधासहितको बचत योजना पनि उपलब्ध गराउँदै आएको छ ।

२०७६ भदौ ११ गते प्रकाशित

वि.सं.२०७६ भदौ ११ बुधवार १७:०८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...