back
NMB ad

मुलुकमा २१ लाख ७३ हजार करदाता, व्यक्तिगत पान लिने १० लाख पुगे

Kumari bank ad

काठमाडौं । आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०७५/७६ सम्म सबैखाले करदाताको संख्या २१ लाख ७३ हजार ९०९ पुगेको जनाएको छ ।

गत आवमा ३ लाख ८४ हजार १६२ करदाता बढेको विभागको तथ्यांक छ । विभागका अनुसार गत आवमा व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिनेको संख्या अत्यधिक बढेको छ ।

गत असार मसान्तसम्म व्यक्तिगत करदाताको कुल संख्या ९ लाख ९३ हजार ९७९ पुगेको विभागले जनाएको छ ।
व्यक्तिगत करदातातर्फ गत आवमा २ लाख २७ हजार ३३२ जना थपिएका छन । आव २०७४/७५ मा ७९ हजार ९७३ जनाले व्यक्तिगत पान लिएका थिए ।

त्यस्तै, व्यावसायिक पान लिनेको संख्या पनि अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । अघिल्लो आवमा १ लाख १६ हजार ९७ ले व्यावसायिक पान लिएका थिए भने गत आवमा १ लाख ५७ हजार ८२९ ले व्यावसायिक पान लिएका छन ।

गत आवमा मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कमा दर्ता हुनेको संख्या बढे पनि यो वृद्धि अघिल्लो आवको तुलनामा कम छ । अघिल्लो आवमा भ्याटतर्फ २० हजार ९३९ करदाता थपिएकोमा गत आवमा १९ हजार ५६२ मात्र थपिएका छन ।

यस्तै, अन्तःशुल्कतर्फ अघिल्लो आवमा थप ५९ हजार १४७ करदाता दर्ता भएकोमा गत आवमा १३ हजार २९६ मात्र थपिएका छन । -आर्थिक अभियानमा समाचार छ ।

२०७६ भदौ १२ गते प्रकाशित

वि.सं.२०७६ भदौ १२ बिहीवार ०८:३४ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...