back
NMB ad

भदौ २४ मा ओली र मोदीले एकैसाथ रिमोट थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन

Kumari bank ad

काठमाडौें । बहुचर्चित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन भदौ २४ गते हुने भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो पाइपलाइनको उद्घाटन गर्नुहुनेछ ।

पाइपलाइनका परियोजनाका प्रमुख प्रदीपकुमार यादवले दुवै मुलुकका प्रधानमन्त्रीले भदौ २४ गते ‘हाइटेक’ प्रविधिबाट सो पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुहुने मिति तय भएको जानकारी दिनुभयो ।

उद्घाटनपछि उक्त पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुने जानकारीसमेत उहाँले दिनुभयो । प्रधानमन्त्री ओलीले बालुवाटारस्थित निवासबाट र भारतीय समकक्षी मोदीले नयाँदिल्लीस्थित प्रधानमन्त्री निवास हैदरावाद हाउसबाट एकैसाथ रिमोट थिचेर पाइपलाइनको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ ।

रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगञ्जस्थित डिपोको युनिटको भल्ब खुल्नेछ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेलको आपूर्ति सुरु हुनेछ ।

यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ । दुवै मुलुकका प्रधानमन्त्रीले रिमोट थिच्नुभन्दा अघि नै मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले तेल छोडिसकेको हुनेछ ।

परीक्षणका क्रममा पाइपलानमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्ने वित्तिकै अमलेखगञ्जमा तेल आइपुग्ने छ । पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगञ्जको डिपोमा खसाल्न सकिने छ ।

सोही अवसरमा अमलेखगञ्जस्थित डिपोमा उपस्थित इन्डियन आयल निगम (एनओसी) का पदाधिकारीहरूले नेपाल आयल निगमका कर्मचारीहरूलाई साङ्केतिक रूपमा डिजेल हस्तान्तरण गर्ने कार्यक्रमसमेत तय भएको जानकारी नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक विशाल ओझाले दिनुभयो ।

उद्घाटनपछि डिजेल पाइपलाइनबाट तथा पेट्रोल र मट्टीतेल ट्याङ्करबाट आपूर्ति गरिने जानकारी ओझाले दिनुभयो । पेट्रोल र मट्टीतेलको भण्डारणका लागि अहिले थप डिपो तयार हुन नसकेकाले तत्कालका लागि सो पाइपलाइनबाट डिजेल मात्र नै आपूर्ति गरिने छ ।

डिपो तयार भइसकेपछि मात्र पेट्रोल र मट्टीतेल आपूर्ति गरिने छ । पेट्रोल र मट्टीतेलको भण्डारणका लागि डिपो तयारीका क्रममा रहेको नेपाल आयल निगमले जनाएको छ ।

मुलुकै पहिलो अन्तरदेशीय पेट्रोल पाइप सञ्चालनमा आएसँगै वार्षिक करिब पचास करोड रुपियाँ ढुवानी खर्च बचत हुने नेपाल आयल निगमले जनाएको छ ।

भारतबाट आयत गरिने ७० प्रतिशत इन्धन रक्सौल–अमलेखगञ्ज हुँदै नेपाल भित्रिने गर्छ । अहिले निगमले प्रतिलिटर दुई रुपियाँ पचास पैसा ट्याङ्करलाई भाडास्वरूप तिर्दै आएको छ ।

मोतिहारीदेखि रक्सौलको नेपाल–भारत सीमासम्म ३२.८० किलोमिटर र सीमादेखि अमलेखगञ्जस्थित निगमको क्षेत्रीय डिपोसम्मको ३६.२८ किलोमिटरको दूरीमा पाइपलाइन विछ्याइएको हो । गोरखा पत्रबाट

२०७६ भदौ १३ गते प्रकाशित

वि.सं.२०७६ भदौ १३ शुक्रवार ०७:५२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...