काठमाडौं । १५ महिनादेखि बन्द मलेसिया रोजगारी सुचारु गर्न नेपाल र मलेसिया सरकार सहमति नजिक पुगेका छन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सूचीकृत स्वास्थ्य संस्थालाई मलेसियन सरकारले अनुगमनपश्चात सूचीकरण गर्ने जवाफ फर्काएपछि मलेसिया रोजगारी सुरु गर्न सहमति जुटेको हो।
काठमाडौंस्थित मलेसियन राजदूतावासले मन्त्रालयलाई पठाएको पत्रमा स्वास्थ्य संस्था सूचीकरण गर्ने कार्यले दुई देशबीच भएको श्रम समझदारी (एमओयू) कार्यान्वयनमा अब ढिला नहुने उल्लेख गरेको छ।
श्रम मन्त्रालयका सहसचिव नारायण रेग्मीले मलेसिया रोजगारी सुचारु गर्नेबारेको छलफलका लागि उच्चस्तरीय टोली मलेसिया जाने तयारीमा रहेको बताउनुभयो ।
रोजगारी सुचारु गर्नेबारेको विवादलाई टुंगोमा पुर्याउन भदौ २४ र २५ गते क्वालालाम्पुरमा दुई देशका अधिकारीबीच छलफल गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । नागरिक दैनिकमा समाचार छ ।
२०७६ भदौ १३ गते प्रकाशित
वि.सं.२०७६ भदौ १३ शुक्रवार ०८:२६ मा प्रकाशित