काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शम्भु भारतीलाई पक्राउ गरेको छ । चर्चित सुडान घोटाला काण्डका दोषी भनिएका भारती पक्राउ परेका हुन ।
भारतीलाई ललितपुरस्थित आफ्नै निवासबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
सीआईबीका अनुसार भारतीलाई फैसला कार्यान्वयनका लागि सर्वोच्चमा बुझाउने तयारी भइरहेको छ । उनलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजायको फैसला सर्बोच्च अदालतले यसअघि नै सुनाएको थियो ।
२०७६ भदौ १३ गते प्रकाशित
वि.सं.२०७६ भदौ १३ शुक्रवार १०:४६ मा प्रकाशित