back
NMB ad

रणनीतिक महत्वका सडक विस्तारमा विश्व बैङ्कको ६३ अर्ब लगानी

Kumari bank ad

काठमाडौं । देशका रणनीतिक महत्वका दुई सडक निर्माणका लागि विश्व बैङ्कले ६३ अर्ब लगानी गर्ने भएको छ ।

विश्व बैंकले नौबिसे–मुग्लिङ र पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–कमला सडक विस्तार र निर्माणमा लगानी गर्ने भएको हो ।

रणनीतिक महत्वका २ सडकको लम्बाई २ सय २६ किमि रहेको सडक विभागका वैदेशिक सहायता विकास महाशाखो जनाएको छ ।

महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार दुवै सडकका लागि झन्डै ६३ अर्ब रुपैयाँ प्रारम्भिक लागत लाग्ने र त्यसका लागि विश्व बैङ्कले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

‘नौबिसे–मुग्लिङ खण्डको ९६ किमि लम्बाई छ भने पूर्व पश्चिम राजमार्गअन्तर्गतको पथलैया–कमला खण्डको १३० किमि सडक विस्तारको काम गरिने लक्ष्य छ ।’

उहाँले भन्नुभयो, ‘सडक निर्माण प्रक्रियालाई सडक विभागले मुख्य प्राथमिकतामा राखेकाले डिटेल डिजाइन र अध्ययनको काम अघि बढाइएको छ । अब छिटै काम सुरु हुन्छ ।’

महाशाखा प्रमुख थापाका अनुसार नौबिसे–मुग्लिङ सडक खण्डको विस्तृत अध्ययन ६ महिनामा सम्पन्न हुनेछ । ‘अध्ययनको काम सकिएलगत्तै हामी टेन्डरको प्रक्रिया अघि बढाउँछौं ।’

उहाँले भन्नुभयो, ‘कुल ९६ किलोमिटरको यो सडक खण्डको ५० किमिमा अहिले रहेको सडकमा एक लेन थप गरी चौडा गरिनेछ ।’ सडक खण्ड विस्तारका क्रममा २५ ओटा नयाँ पुल निर्माण गरिने बताइएको छ । उता, पथलैया–कमलाको कामलार्य पनि तिब्रता दिइएको छ ।

कुल १३० किमि खण्डको डीपीआर आगामी एक वर्ष्भित्र गरिसक्ने, पुसभित्र डीपीआर निर्माण सुरु हुने र एक वर्षभित्र अध्ययनको काम सम्पन्न गरी टेन्डर गरेर काम अघि बढाउने सडक विभागको तयारी छ ।विभागका अनुसार यो सडकको कुल लागत ४५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

२०७६ भदौ १३ गते प्रकाशित

 

वि.सं.२०७६ भदौ १३ शुक्रवार ११:१२ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...