back
NMB ad

४ महिनामामै उद्योग क्षेत्रमा ४ अर्बको वैदेशिक लगानी, होटल क्षेत्रमा लगानीको बढ्दो आकर्षण

Kumari bank ad

काठमाडौं । पछिल्लो समय उद्योग क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) को आकर्षण बढ्दै गएको छ । २०७६ जेठदेखि भदौसम्म अर्थात ४ महिनाको अवधिमा विदेशी लगानीका २४ ओटा कम्पनी उद्योग विभागमा दर्ता भएका छन ।

झन्डै ४ अर्व लगानीका उद्योगमा विदेशी लगानी रहेको उद्योग विभागले जनाएको छ । उद्योग दर्ता भएका विदेशी लगानीका अधिकांश होटल तथा रेस्टुरेन्ट छन ।

उद्योग विभागबाट प्राप्त विवरणअनुसार, १४ ओटा होटल तथा रेस्टुरेन्ट, ३ ओटा कन्सल्टेन्ट, २ ओटा अन्तर्राष्ट्रिय काग्रो, १ ओटा गार्मेट, १ ओटा कोल्डस्टोर र १ वटा बाथरुम फिटिङ उद्योग दर्ता भएका हुन ।

सरकारले उद्योग क्षेत्रमा विदेशी लगानी आकर्षण गर्न योजना बनाएको छ । त्यसअनुरुप नै उद्योग, कलकारखानालगायत क्षेत्रभन्दा पनि विदेशी लगानी सेवा क्षेत्रमा आकर्षित भएको विभागले जनाएको छ ।

अहिले ६ अर्ब रुपैयाँभन्दा बढी लगानीका उद्योग तथा आयोजनाहरु लगानी बोर्डले हेर्ने गर्छ । त्यसभन्दा कमका विदेशी लगानी भएका उद्योगधन्दा र आयोजनाहरु उद्योग दर्ता भएर सञ्चालन हुने विभागका निर्देशक बिनोदबहादुर खड्काले जानकारी दिनुभयो । अहिले हाइड्रोपावर र सेवा क्षेत्रमा विदेशी लगानी आकर्षण बढेको उहाँको भनाइ छ ।

विभागले लगानीकर्तालाई सहज रुपले उद्योग दर्ताको वातारण बनाइदिने भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । सबैभन्दा बढी चीन सरकारको लगानी उद्योग क्षेत्रमा रहेको देखिन्छ ।

२०७६ भदौ १३ गते प्रकाशित

वि.सं.२०७६ भदौ १३ शुक्रवार १६:१३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...