back
NMB ad

शेयर बजारः लगानीकर्ताको एकै सातामा २० अर्बको सम्पति यसरी भयो स्वाहा !

Kumari bank ad

काठमाडौं । पूँजी बजारको विकासमा सरकारको ध्यान पुग्न नसक्दा शेयर बजारबाट लगानीकर्ताको सम्पत्ति दिनानुदिन गुम्न थालेको छ ।

पछिल्लो चार वर्षमा वास्तविक मूल्यमा १० खर्ब बराबरको सम्पति गुमाएका लगानीकर्ताले यस साता मात्रै २० अर्बको क्षति ब्यहोरे । गत साता कूल बजार पूँजीकरण १५ खर्ब ३९ करोड रुपैयाँ रहेकोमा यस सातामा सातामा १५ खर्ब १९ अर्ब रुपैयाँमा झरेको हो ।

शेयर बिक्री गरेर बजारबाट बाहिरिने लगानीकर्ता बढ्दा कारोबार रकममा अघिल्लो साताको तुलनामा ५ प्रतिशत बढोत्तरी देखिएको छ भने बिक्री चाप पर्दा शेयरको मूल्य घट्ने क्रम जारी रहँदा नेप्से पूँजीकरण १.३२ प्रतिशत अर्थात २० अर्बले घटेको हो ।

बजार पूँजीकरण एक सातामै १५ खर्ब ३९ अर्बबाट १५ खर्ब १९ अर्बमा झरेको छ । यसमा यसैसाता सूचीकरण भएको नेपाल लाईफको २५ प्रतिशत बोनस शेयरको हिसाब गर्ने हो भने हिसाब फरक पर्छ ।

शेयर बजारमा एक सातामा एक अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । पाँचै दिन खुलेको यस साताको बजारमा कारोबार रकम अघिल्लो साताको तुलनामा ६ करोड रुपैयाँले बढी हो। अघिल्लो साता एक अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सातामा नेप्से परिसूचक १६.६५ अंकले घटेको छ। अघिल्लो साता १२१३.०६ बिन्दुमा रहेको नेप्से यस साता ११९६.४१ विन्दुमा झरेको हो। यस साता ६० लाख २५ हजार कित्ता शेयर २९ हजार ६ सय पटक किनबेच भएका छन ।

२०७६ भदौ १४ गते प्रकाशित

वि.सं.२०७६ भदौ १४ शनिवार १०:२२ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...