back
NMB ad

दसैंका लागि लक्षित गरेर २ खर्बको वस्तु आयात

Kumari bank ad

काठमाडौं । चाडपर्व लक्षित गरेर व्यवसायीले २ खर्ब रुपैयाँको वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोलेका छन । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारसम्म १ खर्ब ८० अर्ब ४४ करोड ३८ लाख ८० हजार रुपैयाँको प्रतीतपत्र खोलिएको छ ।

यसरी खोलिएका प्रतीतपत्रको सामान भने आइसकेको छैन ।‘भारतबाट कतिपय सामान एलसी खोलेको ७–१० दिनमै आयात भइसक्छ । त्यस्ता एलसीको तथ्यांक यहाँ समावेश नभएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताउनुभयो ।

चाडपर्वका बेला उपभोग्य वस्तुको आयात बढी हुन्छ । सवारीसाधन, खसी, बोका, भेडाच्यांग्रा, फलफूल, लत्ताकपडाको आयात चुलिने गरेको छ । तरकारी, चिनी, लसुन, रङका कच्चापदार्थ, मसलाजन्य वस्तु, क्यामेरा, मोबाइल र अन्य दूरसञ्चार उपकरण, घडी र खेलौना आयातको ठूलो हिस्सा यही अवधिमा हुने गरेको छ ।

तीन वर्षयताको तथ्यांकले वर्षभरमा आउने टाँकमध्ये आधाभन्दा बढी साउनदेखि कात्तिकको बीचमा आयात भइसक्छ । तेस्रो मुलुकबाट हुने कपडा आयातको शतप्रतिशत यही अवधिमा हुने गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

२०७६ भदौ १५ गते प्रकाशित

वि.सं.२०७६ भदौ १५ आइतवार १७:५६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...