back
NMB ad

एटिएम ह्याक प्रकरणः साइबर सुरक्षा नियमन तर्फ राष्ट्र बैंक सक्रिय, आउँदै छ यस्तो निर्देशिका !

Kumari bank ad

काठमाडौं । चिनियाँ ह्याकरको एक समूहले शनिवार नेपालका केही बैंकको डेटा ह्याक गरी विभिन्न एटीएममार्फत करोडौ रुपैयाँ झिकेको घटनापछि बैंकको साइबर सुरक्षा नियमन तर्फ नेपाल राष्ट्र बैंक सक्रिय भएको छ ।

केन्द्रीय बैंकले बैंकहरूको साइवर सुरक्षा सम्बन्धी निर्दे्शिका जारी गर्ने तयारी पनि शुरू गरेको छ । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रका अनुसार शनिवारको घटनाको अनुसन्धान टुंगोमा पुग्नासाथ केन्द्रीय बैंकले साइबर सुरक्षा सम्बन्धी निर्देशिका ल्याउनेछ ।

‘२०७२ सालको भूकम्पले घर निर्माणको मापदण्ड बनाउन सिकाएजस्तै शनिवारको घटनाले हामीलाई साइबर सुरक्षा सम्बन्धी पाठ सिकाएको छ । यो घटनालाई टुंगोमा पुर्‍याए लगत्तै बैंकको साइवर सुरक्षा सम्बन्धी कडा निर्देशन जारी गर्छाैं,’ उहाँले भन्नु भयो ।

शनिवारको घटनाबारे अनुसन्धान गर्न राष्ट्र बैंकद्वारा गठित समितिका संयोजक समेत रहेका मिश्रका अनुसार सो समितिले यस घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदन मंगलवार बेलुका वा बुधवारसम्म तयार पार्नेगरी काम गरिरहेको छ ।

राष्ट्र बैंकले सोमवार नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई ह्याक मार्फत भएको कारोबारको फरेन्सिक ल्याब टेस्ट गर्न पत्र पठाएको छ ।

फरेन्सिक ल्याब टेस्ट गर्न १० दिनसम्म लाग्ने र त्यसको रिपोर्ट आएपछि यस घटनाबारे विस्तृत जानकारी हुने राष्ट्र बैंकको भनाइ छ । ‘नेपालमा यो सुविधा छैन, त्यसैले सिंगापुर र मुम्बईका विज्ञबाट यस्तो टेस्ट गराउने तयारी रहेको छ,’ मिश्रले बताउनुभयो ।-आर्थिक अभियानबाट

२०७६ भदौ १७ गते प्रकाशित

वि.सं.२०७६ भदौ १७ मंगलवार ०८:५८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...