back
NMB ad

नागरिकता विद्येयकमा रुमल्लिए सांसदहरूः श्रीमानको थर राख्‍ने नराख्‍नेमा विवाद

Kumari bank ad

काठमाडौं । मंगलबार बिहान संसदको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा नागरिकता विधेयकबारे पुरानै विवादमा सांसदहरू रुमल्लिए ।

विधेयकका विवादित विषय मिलाउन गत चैतमा गठन भएको उपसमितिले दिएको प्रतिवेदनमा छलफल गर्न बैठक बसेको थियो ।

नागरिकता विधेयकमा देखिएको समस्या समाधान गर्न राज्य व्यवस्था तथा सुशासन समितिले बनाएको उपसमितिले मुख्य विवादित विषय टुंगो नलगाइकन अपूरो प्रतिवेदन बुझाएको थियो । १५ दिनको म्यादसहित बनाइएको उपसमितिले ६ महिनामा पनि अपूरो प्रतिवेदन पूर्णसमितिलाई बुझाएको हो।

मंगलबारको बैठकमा सांसद यशोदा सुवेदी गुरुङले विवाहित महिलाले श्रीमानको थर राख्न नपर्ने स्पष्ट व्यवस्था गर्न माग गर्नुभयो । ’वंशजको आधारमा नागरिकता रगतको नाता भएकालाई मात्र दिने हो’, उहाँले भन्नुभयो, ’श्रीमानको नाममा पनि वंशजको आधारमा नागरिकता दिने हामीकहाँ प्रचलन छ। यो विभेदकारी हो ।’ बुबा आमाको थरबाट मात्र वंशजको आधारमा नागरिकता दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाई थियो ।

सांसद विजय सुब्बाले विधेयकले छुँदै नछोएको विषयमा छलफल गर्न थाले निष्कर्षमा नपुगिने भन्दै अनावश्यक छलफलमा नलाग्न आग्रह गर्नुभयो । ’श्रीमानको नाममा वंशजको नागरिकता दिने कुरा विधेयकले छोएको छैन ।

नछोएको विषयमा छलफल गर्दै जाने हो भने महासागरमा डुबिन्छ’, उहाँले भन्नुभयो, ’यसमा छलफल नगरौँ ।’ प्रतिनिधिसभा नियमावलीले पनि विधेयकले नछोएको विषयमा छलफल नगर्न भनेको उहाँले स्मरण गराउनुभयो ।

समिति सभापति शशि श्रेष्ठले विधेयकका दफा–दफामा छलफल गर्नुपर्ने बताउनुभयो। विवाहित महिलाले बाबुआमाकै थरमा वंशजका आधारमा नागरिकता पाउने व्यवस्था विधेयकमा राख्न सकिने उहाँले बताउनुभयो । -अन्नपुर्ण पोष्टबाट

२०७६ भदौ १७ गते प्रकाशित

वि.सं.२०७६ भदौ १७ मंगलवार १४:३७ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...