back
NMB ad

भदौ २३ देखि सुपथ मूल्य पसलः दैनिक उपभोग्य बस्तुको यस्तो छ मुल्य निर्धारण

Kumari bank ad

काठमाडौं । सुपथ मूल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।

आसन्न चाडपर्व दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक १७ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

मन्त्रालयका सह–प्रवक्ता उर्मिला केसीका अनुसार सुपथ मूल्य पसल सञ्चालन गर्ने विषयमा मंगलबार मन्त्रालयले निर्णय गरेको हो ।

काठमाडौं उपत्यकासहित देशभर ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको छ । यो वर्ष पनि साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी (नेपाल खाद्य संस्थान), दुग्ध विकास संस्थान र सहकारी पसलले संयुक्त रूपमा सुुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

सुपथ मूल्य पसलमार्फत प्रतिकिलो नुनमा दुई, चिनीमा पाँच, मोटा चामलमा पाँच, मसिनो चामलमा १०, खसीबोका र च्याङग्रामा १० रुपैयाँ छुट दिने निर्णय भएको छ ।

यसबाहेक डीडीसीको प्रतिकिलो घिउमा ५० र पनिरमा १० रुपैयाँ छुट दिइनेछ। यसका साथै गेडागुडी, दाल, मैदा, सुजीसहित केही थप अत्यावश्यक बस्तुमा पनि छुट दिइनेछ ।

सुपथ मूल्य पसल सञ्चालनका लागि यो वर्ष मन्त्रालयले बजेटमै कार्यक्रम समावेश गरी साल्टलाई डेढ करोड र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई एक करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

२०७६ भदौ १८ गते प्रकाशित

वि.सं.२०७६ भदौ १८ बुधवार १४:०७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...