back
NMB ad

प्रश्न पत्र नपुगेपछि बीएड प्रथम वर्षको परीक्षा अन्योलमा !

Kumari bank ad

डोल्पा । हवाई उडान अवरुद्ध हुँदा डोल्पामा बीएड प्रथम वर्षको परीक्षा अन्योलमा परेको छ । प्रश्नपत्र नेपालगञ्जबाट हवाई मार्ग हुँदै ल्याइने भएकाले बीएड तेस्रो वर्षका सयभन्दा धेरै परीक्षार्थी आत्तिएका छन ।

डोल्पो क्याम्पसमा शुक्रबार दिउँसो १२ बजेबाट सुरु हुने बीएड प्रथम वर्षको परीक्षाका लागि प्रश्न पत्र नपुगेपछि विद्यार्थीलाई नआत्तिन क्याम्पस प्रमुख धनन्जय सुबेदीले आग्रह गर्नुभएको छ ।

डोल्पाको मौसममा आएको खराबी कारण जहाजले उडान भर्न नसक्दा प्रश्नपत्र नेपालगञ्जमै थन्किएका हुन्। प्रश्नपत्र नपुगेपछि परीक्षार्थी चिन्तित भएका छन ।

जहाजबाट परीक्षा नियन्त्रण कार्यालयले पठाएका प्रश्नपत्र नपुगेपछि परीक्षा नियन्त्रण कार्यालयले जिल्ला प्रशासनमा इमेल गरेर परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार १२ बजे भन्दा केही समयअघि जिल्ला प्रशासनको इमेलमा प्रश्न पत्र आउने र सम्बन्धित निकायको रोहोबरमा प्रश्नपत्र निकालेर परीक्षा संचालन गरिने जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रण कार्यालयसँग समस्याका बारेमा सहकार्य भएकाले परीक्षा समयमा हुने प्रजिअ केशरीले बताउनुभयो । पहिलो दिन फाउण्डेशन एण्ड हेल्थ एजुकेशन विषयको परीक्षामा लिकु सयुंक्त क्याम्पसबाट २५ जना डोल्पो क्याम्पसबाट नियमित ५४ जना र अन्य गरि करिब १ सय जना परीक्षार्थी सहभागी हुने क्याम्पस प्रमुख धनन्जय सुवेदीले जानकारी दिनुभयो ।

मौसम खराबीका कारण डोल्पाबाट नेपालगञ्ज र नेपालगञ्जबाट डोल्पा आउने यात्रुहरु अलपत्र परेका छन। डोल्पाको जुफाल बिमानस्थलमा तारा, गोमा ,सिता र नेपाल एयरले उडान भर्ने गर्छन । -अन्नपुर्ण पोष्टबाट

२०७६ भदौ २० गते प्रकाशित

वि.सं.२०७६ भदौ २० शुक्रवार १३:२६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...