back
NMB ad

आजदेखि देशभर सुपथ मुल्य पसलः उपभोक्तालाई यस्तो छ सहुलियत !

Kumari bank ad

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर आजदेखि उपत्यकासँगै उपत्यका बाहिरका विभिन्न स्थानमामा सहुलियत पसल सञ्चालन हुँदैछन । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्टट्रेडिङ कर्पाेरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान (डीडीसी) ले सहुलियतमा सामान उपलव्ध गराउने छन ।

उपत्यकासँगै मुलुकभर ७३ ठाउँमा सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । चाडपर्वमा बजारमा अस्वाभाविक मूल्यवृद्धि भइ उपभोक्ता ठगिनसक्ने भन्दै बजार मूल्य नियन्त्रण गर्नका लागि सहुलियत पसल सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ ।

कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

उपत्यकाभन्दा बाहिरी जिल्लामा नेपाल खाद्य संस्थान र साल्ट्र टेडिङ कर्पाेरेसनको कार्यालयबाट सुपथ मूल्यमा दैनिक उपभोग्यका सामान वितरण गरिने बताइएको छ ।

निजी क्षेत्रका व्यवसायीलाई पनि सहुलियत दरमा दैनिक उपभोग्य वस्तु वितरण गर्न निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

सहुलियत पसलमा मोटा चामल, प्रतिकेजी पाँच, मसिनो चामलमा प्रतिकेजी १० रुपैयाँ, चिनी प्रतिकेजीमा पाँच, खसीबोका प्रतिकेजीमा १०रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिइने छ ।

डीडीसीले प्रतिकिलो घ्यूमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिने छ । सरकारले सहुलियत पसल सञ्चालन गर्नका लागि गत वर्षदेखि बजेटमै रकमको व्यवस्था गर्दै आएको छ ।

यो वर्ष सहुलियत पसल सञ्चालन गर्नका लागि ३ करोड २५ लाख रुपैयाँ छुट्याएको मन्त्रालयले जानकारी दिएको छ । खाद्य संस्थानको लागि १ करोड ७५ लाख र साल्ट्र टे«डिङ कर्पाेरेशनको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

चाडपर्वमा बजारमा किनमेल बढी हुने हुँदा बजारका कृत्रिम अभाव कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।

चाडपर्वमा बजारका बढी चहलपहल हुने हुँदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने गर्छन् । त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले सुपथ पसल सञ्चालन गर्न लागेको हो ।

२०७६ भदौ २३ गते प्रकाशित

वि.सं.२०७६ भदौ २३ सोमवार ०९:४४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...