back
NMB ad

उपनिर्वाचनः चार लाख ४७ हजार सात सय ९२ मतदाता, दाबी विरोधका लागि १० दिन

Kumari bank ad

काठमाडौं । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि चार लाख ४७ हजार सात सय ९२ मतदाताले नाम दर्ता गराएका छन ।
निर्वाचन आयोगले मतदाताको नामावली दाबी विरोधका लागि सम्बन्धित जिल्लामा पठाएको छ । मतदाता नामावलीमा दाबी विरोधका लागि १ देखि १० असोजसम्मको समय छुट्याएको छ ।

मतदाता नामावली ऐन २०७३ को दफा १३ बमोजिम दाबी विरोधको कार्यतालिका सार्वजनिक गरिएको आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीसमेत ५१ पदका लागि ३७ जिल्लाका एक सय ५४ वडामा उपनिर्वाचन हुँदै छ ।

ती वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने आयोगले जनाएको छ ।

आयोगले सम्बन्धित वडाका मतदातालाई आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्द/त्याग गरेका मतदाताका नाम हटाई शुद्ध मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ ।

२०७६ भदौ २६ गते प्रकाशित

वि.सं.२०७६ भदौ २६ बिहीवार ०७:५७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...