back
NMB ad

यसकारण बन्दै छ सेयर खरिद बिक्री गर्न झन–झन् कठिन (तथ्य सहित)

Kumari bank ad

काठमाडौं । आन्तरिक र बाह्य कारणले केही वर्षयता सेयर बजार कारोबारमा खरिद–बिक्री गर्न झन–झन् गाह्रो पर्दै गएको छ । सेयर बिक्रीको सहजता देखाउने ‘अनुपात सूचक’ झन्–झन् ओरालो लागेकाले सेयर कारोबार कठिन हुँदै गएको देखिएको हो ।

दुई वर्षअघि आर्थिक वर्ष ०७३/७४ मा सेयर कारोबार अनुपात १५.४९ प्रतिशत थियो । आव ०७५/७६ मा यो सूचक घटेर ९.८० प्रतिशतमा सीमित भएको छ ।

आव ०७४/७५ मा भने यस्तो सूचक ८.९५ थियो । ‘यो सूचक दुई वर्षयता घटेको देखिए पनि समग्रमा एसियाली मुलुकसँगको तुलनामा औसतमै छौँ,’ नेपाल स्टक एक्सचेन्जका कायममुकायम प्रबन्धक निरञ्जन फुँयालले भन्नुभयो ।

घट्दो बजारमा यस्तो सूचक घट्नु सामान्य नै मानिन्छ । नेपालको यस्तो सूचक अन्य मुलुकसँगको तुलनामा भने कमजोर नै छ ।

‘यो सूचकले बजारको समग्र पक्षलाई हेर्दैन,’ सेयर विश्लेषक प्रकाश तिवारी भन्छन्, ‘तर यसले कुनै पनि मुलुकको सेयर बजार कति प्रभावकारी चलेको छ भन्ने देखाउँछ ।’

यस्तो सूचक उच्च भएको मुलुकहरूका बजारमा सेयर तरल (किनबेच गर्न सजिलो) रहेको मानिन्छ । त्यस्तै, त्यस्ता मुलुकका बजारमा वित्तीय उपकरणहरूको उपलब्धता भएको र लगानीकर्ता सूचित रहेकोसमेत मानिन्छ ।

विश्व बैंककै तथ्यांकअनुसार इटालीको सूचक ३ सय ५० प्रतिशत छ । टर्कीको यस्तो सूचक २ सय ४७, बेलायतको १ सय ४६ र अमेरिकाको १ सय ८ प्रतिशत छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

२०७६ भदौ २६ गते प्रकाशित

वि.सं.२०७६ भदौ २६ बिहीवार ०८:१२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...