back
NMB ad

मनकारी लक्ष्मण श्री, जसले अरुका दुःख देख्न सक्दैनन् !

Kumari bank ad

बागलुङ । बागलुङका समाजसेवी एवं कलाकार लक्ष्मण श्रीले आन्द्राको कयान्सर पिडितलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

कुस्मा नगरपालिका वडा नम्बर ४ का आन्द्राको क्यान्सरबाट पीडित मिनबहादुर परियार खड्कालाई श्रीले ५३ हजार ५ सय रुपैँया आर्थिक सहयोग हस्तान्त्रण गर्नुभयो ।

समाजसेवी श्रीको पहलमा आफ्नो तर्फवाट रु ५ हजार ७ सय, धनवहादुर परियार रु ५ हजार, सुनिल नेपाली रु ५ हजार, सरु सुनाम रु ५ हजार, अमृत सेवा रु ५ हजार, दिल वहादुर किसान रु ५ हजार, मोहन केसी रु ५ हजार, परशु वोहोरा रु २ हजार, तुलसी परियार रु २ हजार, सुनिल कम्प्युटर इन्सिच्युट वाट रु १३ हजार ७ सय गरी रु ५३ हजार ७ सय हस्तान्त्रण गरिएको हो ।

पीडित र उनकी श्रीमतीलाई रकम हस्तान्त्रण गर्दै समाजसेवी श्रीले सहयोग रकम थोरै भएपनी पीडितको घाउमा मल्हम पुग्ला भनेर निस्वार्थी भावनाले उक्त रकम सहयोग गरेको बताउनुभयो ।

आफ्नो एक मात्र स्वार्थ खड्क परियार वचाउनु रहेको भन्दै आगामी दिनमा खड्का वचाउँ अभियान नै चलाएर अगाडी वढ्ने बताउनुभयो ।

दिन र रोग लाग्ने कुनै मिति हेरेर नलाग्ने र जस्लाई पनि लाग्न सक्ने भन्दै एकले अर्कालाई दुखको वेलामा सहयोग गर्नु नै मानव धर्म हुने उहाँको भनाई थियो ।

समाजसेवा र कलाकारितामा लागेका श्रीले पीडित परियार खड्कालाई सहयोग गरी जीवनको रक्षा गरिदिन सहयोगी मनहरुलाई हार्दिक अपिल गर्नुभएको छ ।

२०७६ भदौ २६ गते प्रकाशित

वि.सं.२०७६ भदौ २६ बिहीवार ०९:०६ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...