back
NMB ad

यी हुन संसारकै सबैभन्दा महँगो वियर पिउने पत्रकार ! कति तिरे एउटा वियरको मुल्य ?

Kumari bank ad

काठमाडौं । अष्ट्रेलियन क्रिकेट पत्रकार पिटर लालओरले विश्वकै सबैभन्दा महँगो वियर पिएका छन । उनले म्यानचेस्टरमा रहेको मलमैसन होटलमा एउटा वियरको ९९ हजार ९८३.६४ अष्ट्रेलियन डलर तिरेका छन।

पिटरले वियर पिएपछि बिल तिर्न आफ्नो कार्ड होटलका स्टाफलाई दिए । बिल तिरेको केही घण्टापछि उनको पत्नीको फोन आयो । त्यस बेलासम्म उनलाई केही थाहा छैन ।

जब उनको पत्नीले फोनमा कुरा गर्दै ९९ हजार ९८३.६४ अष्ट्रेलियन डलर खर्च भएको अर्थात एटीएमबाट यत्तिका धेरै रकम झिकिएको पिटरलाई बताइन । त्यतिमात्र नभई २५ सय अष्ट्रेलियन डलर कारोबार शुल्क समेत काटिएको छ ।

पिटर र उनको पत्नीको संयुक्त खाता रहेकाले उनको पत्नीले रकम घटेको तत्काल पत्ता लगाएकी हुन् । अनि, यो कुरा होटल प्रशासनसम्म पुग्यो ।

प्रशासनले गल्ती भएको बतायो । जम्मा ५.५० पाउन्ड पर्ने उक्त वियरको मूल्य कार्ड मिसिनमा टाइप गर्दा त्रुटी भएको होटल प्रशासनले जानकारी दियो । प्रशसानले ५.५० पाउन्ड टाइप गर्नुपर्नेमा झुक्किएर ५५ हजार पाउन्ड टाइप भएको बताएको छ ।

यसरी काटिएको रकम अहिले फिर्ता हुने प्रक्रियामा रहेको छ । कारोबार शुल्क पिटरको खातामा देखिएको छ । तर, ९९ हजार ९८३.६४ अष्ट्रेलियन डलर खातामा आउन भने केही समय लाग्नेछ ।

पिटर यूकेमा किक्रेट प्रतियोगिताको समाचार संकलन गर्न अष्ट्रोलिया गएका थिए । उनले डेउचार्स आइपीए बियर पिएका थिए ।-समाचार एजेन्सीहरुबाट

२०७६ भदौ २६ गते प्रकाशित

वि.सं.२०७६ भदौ २६ बिहीवार ०९:२७ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...