back
NMB ad

कता हराए बागलुङका एक दर्शन सांसद ? बार्षिक समिक्षा कार्यक्रम नै बहिष्कार !

Kumari bank ad

राजेशचन्द्र राजभण्डारी, बागलुङ । बागलुङको जिल्ला स्तरिय बार्षिक समिक्षा कार्यक्रम शुरु भएको छ ।

कार्यक्रमको शुरू दिनमै बागलुङका १५ जना माननीय सांसदहरू मध्य मात्रै दुई जना उपस्थित देखिए बाकी एक दर्जन सांसद समीक्षा कार्यक्रममा नदेखिएपछि कार्यक्रम नै बहिष्कार गरेकी भनेर धेरैले अड्कल गरेका थिए ।

उक्त समिक्षाक कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख,उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत सहभागी छन ।

जिल्लाको समग्र विकासको समिक्षा र भावी कार्ययोजना तय गर्ने महत्वपूर्ण कार्यक्रममा जिल्लाबाट प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने १५ सांसदमा १३ सांसद भने अनुपस्थित भएर आफ्नो बास्तबिकता प्रर्दशन गरे साच्चै जिल्लाका सांसदहरू कति धेरै जिम्मेवार छन् भन्ने समेत स्पष्ट पारेको छ ।

समिक्षाको पहिलो दिन मञ्चमा दुई जना सांसदले पुरैको प्रतिनिधित्व गरे । जिल्लाबाट गण्डकी प्रदेश र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १५ सांसद मध्ये बागलुङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ निर्वाचित सांसद डा.सुर्य पाठक र सोही क्षेत्रको प्रदेश ‘क’बाट निर्वाचित इन्द्रलाल सापकोटा उपस्थित थिए ।

समिक्षा कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले संघिय र प्रदेश सरकारले योजना छनोट र सञ्चालनमा आँफुहरुलाई बेवास्ता गर्ने गरेको गुनासो राखेका थिए ।

उनीहरुले कुनै स्थानीय तहमा बढी र कुनै स्थानीय तह प्रदेश र केन्द्रको योजना, बजेटमा खाली हुनु दुर्भाग्यपूर्ण भएको भन्दै सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।

तर, यो भनाइ सुन्नेमा दुई जना सांसद मात्र देखिए पनि स्थानीय तहका प्रमुखहरुले जिल्लाको यति महत्वपूर्ण छलफलमा नआउने सांसदहरुलाई आलोचना समेत गरेका थिए ।

‘अघिल्लो बर्षको जिल्ला स्तरिय समिक्षा कार्यक्रममा पनि देख्न पाएनौ,’ निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले भने ,‘प्रदेश र केन्द्रका योजनाबारे हामी बेखवर हुने अवस्था छ, यस्तो महत्वपूर्ण कार्यक्रममा जिल्लाका माननीय सांसद ज्यूहरुलाई किन देख्न पाउदैनौ ? सिधा गुनासो राख्न पाउँदैनौ ?

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले सबै सांसदलाई निम्तो गरिए पनि बिभिन्न कार्यव्यस्तता देखाएर नआएको बताएर आफ्नो दायित्व पूरा गरेको बताउनुभयो ।

बार्षिक समीक्षा कार्यक्रममा स्थानीय तहले आँफ्नो बार्षिक प्रगति प्रस्तुत गरेका छन् भने सोमवार सरकारी कार्यालय र गैरसरकारी संघ संस्थाले प्रगति बिवरण प्रस्तुत गर्नेछन ।

२०७६ भदौ ३० गते प्रकाशित

वि.सं.२०७६ भदौ ३० सोमवार ११:५५ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...