back
NMB ad

सानिमा बैंकले गर्यो एक विद्यालयलाई ६ लाख आर्थिक सहयोग

Kumari bank ad

काठमाडौं । सानिमा बैंक पोखरा शाखाले विद्यालय खाजा अभियानका लागि एक विद्यालयलाई ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

दैनिक १२५ भन्दा बढी बालबालिकहरुलाई खाजा खुवाउदै आइरहेको पोखराको कालिका माध्यामिक विद्यालयद्वारा संचालित उक्त अभियानलाई बैंकले आर्थिक सहयोग गरेको हो ।

विद्यालयले बाल दिवसको अवसरमा आयोजित एक कार्यक्रममा यस बैंकका गण्डकी प्रदेश प्रमुख श्री भावुक तण्डुकारले विद्यालयको प्रधानाध्यापक बलराम गिरीलाई रकम हस्तान्तर गर्नुभएको थियो ।

सोही अवसरमा विद्यालय खाजा अभियानका अध्यक्ष श्री बासुदेव अधिकारीले खाजा अभियानको प्रभावले त्यस विद्यालमा उल्लेखनिय विद्यार्थी भर्ना भएको र शैक्षिक गुणस्तरमा सुधार आएको जानकारी गराउनुभयो ।

बैंकका शाखा प्रबन्धक बिरेन्द्र लाल श्रेष्ठले भविष्यका कर्णधारहरु शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित नहुन भनि विद्यालयको यस्तो महान सामाजिक कार्यलाई आर्थिक सहयोग गर्ने अवसर दिएकोमा खुशी व्यक्त गर्नुभयो ।

सानिमा बैंकले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै विगत ७ बर्ष देखि सम्पुर्ण उपत्यका बाहिरका शाखाहरुबाट हरेक बर्ष २ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्दै आइरहेको छ ।

साथै शैक्षिक क्षेत्रमा थप योगदान दिन Teach For Nepal संस्थालाई पनि आर्थिक सहयोग गरेको छ । त्यसै गरि बैंकले विभिन्न मितिमा प्रत्येक शाखाहरुवाट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

सानिमा बैंकका सात वटै प्रदेशमा हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टि.एम. रहेका छन ।

२०७६ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३१ मंगलवार १२:४२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...