काठमाडौं । सिटिजन्स बैंकको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि मंगलबार यसको सेयर कारोबार प्रतिकित्ता २१०.६८ रुपैयाँलाई आधार मानेर खुलेको छ ।
बैंकले असोज १० गते हुने साधारण सभा प्रयोजनका लागि मंगलबार (भदौ ३१ गते) बुक क्लोज गरेको हो । सोमबारसम्म कायम सेयरधनीले मात्र १५५ लाभांश सुरक्षित गर्नेछन ।
सिटिजन्सले गत वर्षको नाफाबाट १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत दिने निर्णय गरेको छ ।
सभामा सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७५/७६ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
सभामा २०७६/७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक पनि तोकिनेछ । साधारण सभा डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजे हुनेछ ।
उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने एजेन्डा पनि छ ।
२०७६ भदौ ३१ गते प्रकाशित
वि.सं.२०७६ भदौ ३१ मंगलवार १२:५१ मा प्रकाशित