back
NMB ad

अर्थमन्त्रीको एक सम्वोधनले सेयर बजारमा तरङ्ग, लगानीकर्ता उत्साहित

Kumari bank ad

काठमाडौ । लामो समयपछि सेयर बजारमा उछाल आएको छ । साताको तेस्रो दिन मङ्गलबार सेयर बजार २७ अङ्कले बढेको छ ।

आइतबार र सोमबार गरी झन्डै ३४ अङ्कले घटेको बजार मङ्गलबार बढेर लगानीकर्तालाई केही राहत दिएको छ । मङ्गलबार नेप्से परिसूचक बढेर १ हजार १५० अङ्कमा पुगेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानीका लागि आह्वान गरेपछि बजारले गति लिएको हो । कर्मचारी सञ्चय कोषको ५८ औं वार्षिकोत्वसलाई मङ्गलबार बिहान सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सेयर बजार निरन्तर ओरालो लागेकाले लगानी बढाउन आह्वान गरेलगतै बजारमा हरियाली छाएको हो ।

मङ्गलबार ३८ करोड ३९ लाख ५७ हजार रुपैयाँ बराबरका १३ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच भएको छ ।
सिद्धार्थ बैङ्क र नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार भएको छ ।

सिद्धार्थको प्रतिकित्ता ३२५ रुपैयाँमा ३ करोड ४७ लाख ७७ हजार रुपैयाँ र नेपाल बैङ्कको प्रतिकित्ता ३१७ रुपैयाँमा २ करोड ९७ रुपैयाँ बरारबको सेयर किनबेच भएको छ ।

सिद्धार्थले मङ्गलबार लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता झुम्मिएका हुन । सिद्धार्थले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

सेयर बजार बढेका बेला शिवम् सिमेन्ट लिमिटेड, गुराँश लघुवित्त वित्तीय संस्था, अपी पावर कम्पनी लिमिटेड र राधी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन ।

यस्तै कर्णाली विकास बैङ्क, अरुण कावेली पावर लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्था र हिमालयन डिस्टिलरी लिमिटेडका लगानीकर्ताले पनि कमाएका छन ।

२०७६ भदौ ३१ गते प्रकाशित

वि.सं.२०७६ भदौ ३१ मंगलवार १६:१३ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...