back
NMB ad

अनैतिक कार्य गर्ने एक हजार सैनिकलाई कारवाही, २१६ जनालाई कैद सजाय

Kumari bank ad

काठमाडौं । नेपाली सेनामा यसवर्ष एक हजार १ सय १७ सैनिक कारबाहीमा परेका छन। कारबाहीमा पर्नेमा जवानदेखि अधिकृत तहसम्मका सैनिक छन ।

करणी तथा बलात्कार, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झै झगडामा संलन्न, लागू औषध सेवन तथा बेचबिखन, साइबर अपराध, सवारी ज्यान मुद्दा तथा दुर्लभ वन्यजन्तको खवटा ओसार पसारमा संलग्न लगायतका अनैतिक कार्यमा संलग्नलाई कारबाही गरिएको सेनाले जनाएको छ ।

कारबाहीमा परेका मध्ये २१६ जनालाई कैद सजाय र १७५ जालाई बढुवा रोक्का गरिएको छ । ४० जनालाई एक तह घटुवा, १ सय १०१ जनाको तलबवृद्धि रोक्का गरिएको सेनाले जनाएको छ ।

२०७ जनालाई राजश्व जरिवाना गरिएको छ । ४७ जनालाई नसिल, ३०४ जनालाई बर्खास्त, र २३६ लाई सजेत गराइएको छ ।
मुलुकमा ९५ हजार सैनिक छन ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार कारबाहीमा संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ । सेनाले पुरस्कार दण्ड सजायसम्बन्धी निर्दे्शिका कडाइका साथ लागू गरेको छ ।

प्रवक्ता पाण्डेले पुरस्कार तथा दण्ड जरिवाना लागू गरेपछि कारबाही संख्या बढेको बताउनुभयो ।

२०७६ असोज १ गते प्रकाशित

वि.सं.२०७६ असोज १ बुधवार ०७:४७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...