back
NMB ad

कृषि विकासका लागि १४ करोड ४४ लाख बजेट विनियोजन

Kumari bank ad

राँझा। बाँकेमा कृषि विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड ४४ लाख बजेट विनियोजित गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा ज्ञान केन्द्र र स्थानीय तहमार्फत कृषिका लागि छुट्याइएको बजेट एकमुष्ट रु १४ करोड ४४ लाख रहेको छ ।

बाँकेका आठ स्थानीय तहको कृषि शाखामार्फत रु सात करोड ९९ लाख कृषि कार्यक्रमका लागि सञ्चालन गर्न बजेट छुट्याइएको छ । स्थानीय तहमध्ये कृषिमा सबैभन्दा धेरै बाँकेको कोहलपुर नगरपालिकाले छुट्याएको छ । कोहलपुरले कृषि शाखामार्फत रु एक करोड ५१ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै जानकी गाउँपालिकाले रु एक करोड ३५ लाख, राप्ती सोनारी गाउँपालिकाले रु एक करोड १५ लाख, बैजानाथ गाउँपालिकाले रु एक करोड १० लाख, नरैनापुर गाउँपालिकाले रु ८० लाख ५० हजार, नेपालगञ्ज उपमहानगरपालिकाले रु ७४ लाख, खजुरा गाउँपालिकाले रु ७० लाख र डुडुवा गाउँपालिकाले रु ६४ लाख बजेट कृषिको विकासमा छुट्याएका छन् । ज्ञान केन्द्रले स्थानीय तहसँग समन्वय गरी कृषिका कार्यक्रम सञ्चालन गर्ने केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।

२०७६ असोज ०१ गते प्रकाशित

वि.सं.२०७६ असोज १ बुधवार १०:३५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...