back
NMB ad

फेरि १८ अंक घट्यो नेप्से, यस्तो छ साताको अन्तिम दिनको कारोवार

Kumari bank ad

काठमाडौं । सातामा कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १८ दशमलव १२ अंकले घटेको छ ।

यो सातामा कारोबारमा आइतबार र सोमबार नेप्से दोहोरो अंकले घटेको थियो भने मंगलबार र बिहीबार उच्च अंकले बढेको थियो ।

बिहीबार फेरि घटेसँगै नेप्से परिसूचक १ हजार १ सय ५५ दशमलव ३० अंकमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४९ अंकले घटेसँगै ५ सय ५२ दशमलव २१ अंकमा कायम भएको छ ।

बिहीबार १ सय ६६ वटा कम्पनीको १२ लाख २४ हजार ५ सय ७२ कित्ता सेयर ७ हजार ५ सय ३५ पटक खरिद बिक्री हुँदा ३९ करोड ९९ लाख ३० हजार ८ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार व्यापार समूहको उपसुचक २ दशमलव ३७ अंकले र म्युचुअल फण्ड समूहको उपसुचक शुन्य दशमलव शुन्य दुई अंकले बढ्नुबाहेक बाँकी सबै समूहको उपसुचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसुचक १ सय ५ दशमलव ३२ अंकले घटेको छ ।

बिहीबारको कारोबारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट कम्पनीको ५ करोड २४ लाख ६२ हजार ५ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ। सेयर किनबेचका आधारमा भने प्रभु बैंकको १ लाख ३९ कित्ता सेयर किनबेच भएको छ।

सबैभन्दा धेरै समता लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ८ दशमलव ४६ प्रतिशतका दरले गुमाएका छन ।

२०७६ असोज ०२ गते प्रकाशित

वि.सं.२०७६ असोज २ बिहीवार १५:३२ मा प्रकाशित

You can share this post!

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...