back
NMB ad

अब यसकारण एक हजारको नोटमा जुम्ल्याहा हात्ती

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नोटमा जुम्ल्याहा हात्ती राख्ने भएको छ ।अर्थ मन्त्रालयबाट जुम्ल्याहा हात्ती राख्ने प्रस्ताव स्वीकृत भई छपाइको प्रक्रियामा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

हाल प्रचलनमा रहेको हजारको नोटमा एउटा मात्रै हात्तीको तस्बिर अंकित छ । चितवनका जुम्ल्याहा हात्ती राम/लक्ष्मणको तस्बिर अंकित नोटको डिजाइन तयार भइसकेको छ ।

नयाँ नोट छपाइको टेन्डर चिनियाँ कम्पनीले पाइसकेको राष्ट्र बैंकले जनाएको छ । कम्पनीसँग जुम्ल्याहा हात्ती अंकित नयाँ नोट छपाइको लागि केही दिनमै सम्झौता हुने राष्ट्र बैंकको भनाइ छ ।

छपाइको सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट बजारमा आउनेछ । २०७७ को दसैंसम्ममा जुम्ल्याहा हात्ती अंकित १ हजारको नयाँ नोट बजारमा आउने अनुमान गरिएको छ ।

चितवन राष्ट्रिय निकुन्जमा भएका राम र लक्ष्मण ८ वर्षका भए । हाल छपाइको तयारीमा रहेको हजारको नोट छाप्दा प्रतिनोट ३ रुपैयाँ ३७ पैसा खर्च लाग्ने भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो ।

जुम्ल्याहा हात्ती अंकित ३१ करोड थान नोट छाप्नुपर्ने गरी सम्झौता हुने बताइएको छ ।

२०७६ असोज ०५ गते प्रकाशित

वि.सं.२०७६ असोज ५ आइतवार १५:४२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...