back
NMB ad

सुत्केरी बिदा नदिई उल्टै मानसिक यातना दिएको आरोपमा प्रधानाध्यापक यसरी परे पक्राउ

Kumari bank ad

काडमाडौं ।  त्यौड माविका शिक्षिकामाथि मानसिक यातना दिएको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सुरेन्द्र केसी पक्राउ परेका छन।

सुत्केरी बिदा नदिई उल्टै मानसिक यातना दिएको आरोपमा उनलाई महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। प्रअ केसीले चिकित्सकको सिफारिसअनुसार बिदा माग गर्दा उल्टै मानसिक यातना दिएको पीडितको आरोप छ।

मानसिक यातनाका कारण शिशुको समेत मृत्यु भएको बताइएको छ। आफूमाथि प्रअ केसीले मानसिक यातना दिएको भन्दै पीडित शिक्षिका लक्ष्मी अर्यालले महानगरीय प्रहरी परिसरमा भदौ २२ गते उजुरी दिएकी थिइन।

उजुरीका आधारमा प्रहरीले आरोपी केसीलाई आइतबार विद्यालय परिसरबाट पक्राउ गरेको हो। पक्राउ परेका प्रअ केसीलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

सो विषय संघीय संसदमा समेत उठेको थियो। उक्त विषयमा नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा शिक्षिकामाथि यातना दिने प्रअलाई कारबाही माग गरेका थिए। गत बिहीबार प्रतिनिधिसभाको बैठकमा भाग लिँदै सांसद थापाले यस्तो माग गरेका थिए।

२०७६ असोज ०५ गते प्रकाशित

वि.सं.२०७६ असोज ५ आइतवार २०:२५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...