back
NMB ad

पूजारीलाई तलबमा नियुक्ती गरेपछि मन्दिर मालामाल

Kumari bank ad

काठमाडौं । खराको प्रसिद्ध धार्मिक शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा पूजारीलाई तलबमा नियुक्ती गरेपछि एकै वर्षमा रु दुई करोड ७० लाख आम्दानी भएको छ ।

मन्दिरमा भक्तजनले चढाएको भेटीमा वर्षौदेखि पूजारीको हकभोग रहदै आएकोमा अघिल्लो वर्ष विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पूजाआजा गर्दे आएका पूजारीलाई करार सम्झौता गरी मासिक तलबमा नियुक्त गरेर भेटी आफै सङ्कलन गर्न शुरु गरेको थियो ।

शुरुमा समितिको निर्णय विरुद्ध अदालत पुगेका पूजारी आफ्नो पक्षमा अदालतको निर्णय नआएपछि बाध्य भएर मासिक तलब लिने गरी काम गर्न तयार भएका थिए ।

सरकारले विसं २०७२ कात्तिक २ गते मठमन्दिरका भेटी व्यवस्थापन निर्देशिका जारी गरेर मठमन्दिरको भेटी मन्दिर धार्मिक क्षेत्र विकास समितिको मातहतमा ल्याउन शुरु गरेको थियो ।

झण्डै २०० वर्षबाट विन्ध्यवासिनी मन्दिरमा भेटीवापत सङ्कलन हुने नगद तथा जिन्सी पूजारीले लिने गरेका थिए । भेटी व्यवस्थापन निर्देशिका अनुसार समितिले विन्ध्यवासिनी तथा गणेश मन्दिरमा दैनिक पूजाआजा सञ्चालन गर्न १५ जना पूजारीलाई करार नियुक्त गरेको छ ।

२०७६ असोज ०७ गते प्रकाशित

वि.सं.२०७६ असोज ७ मंगलवार १५:३६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...