back
NMB ad

त्रिभुवन विमानस्थलले उठाउने बक्यौता झण्डै सवा २ अर्ब, सरकारी निकायको मात्रै ५६ करोड, कसको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । देशको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले संस्था, कम्पनी, फर्म वा व्यक्तिले बुझाउनुपर्ने बक्यौता मात्रै झन्डै २ अर्ब ११ करोड पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन महिनासम्मको बक्यौता २ अर्ब १० करोड ८८ लाख ६३ हजार ४ सय ४ रुपैयाँ पुगेको हो ।

यो रकम सञ्चालनमा रहेका तथा नरहेका ती संस्था र कम्पनीको हो । यो रकममा पछिल्लो समयको विलम्बबापतको जरिवाना शुल्क भने जोडिएको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलका अनुसार सञ्चालनमा रहेका अन्तराष्ट्रिय उडान भर्ने एयरलाइन्स कम्पनीको साउन महिनासम्मको बक्यौता रकम मात्रै ८२ करोड ७ लाख ६५ हजार ५ सय १२ रुपैयाँ रहेको छ।

यसैगरी सञ्चालनमा रहेको आन्तरिकतर्फ उडान भर्ने एयरलाइन्स कम्पनीहरुको बक्यौता भने ४ करोड ४४ लाख २ हजार १ सय १ रुपैयाँ रहेको छ ।

सञ्चालनमा नरहेका आन्तरिकतर्फ उडान सेवा दिएका एयरलाइन्स कम्पनीको भने ८ करोड ४३ लाख ७५ हजार १ सय ८४ रुपैयाँ छ भने सञ्चालनमै नरहेका आन्तर्रा्ष्ट्रिय हवाई सेवा प्रदान गर्ने एयरलाइन्सको बक्यौता ४ करोड ८३ लाख ७२ हजार रुपैयाँभन्दा बढी छ ।

यसैगरी विभिन्न नामका सरकारी कार्यालयको बक्यौता रकम पनि ५६ करोड १५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।विमानस्थलभित्रै विभिन्न सेवा प्रदान गर्दै आएका तथा व्यापार व्यवसाय गर्दै आएका कम्पनीहरुको पनि ५१ करोड ८७ लाख ८९ हजार रुपैयाँ र सञ्चालनमा नरहेका कम्पनीहरुको नाममा ३ करोड ६ लाख २ हजार रुपैयाँ बक्यौता रहेको छ ।

सबै शीर्षकमा गरी साउन मसान्तसम्मको बक्यौता रकम २ अर्ब १० करोड ८८ लाख ६३ हजार ४ सय ४ रुपैयाँ उठ्न बाँकी रहेको सूचना अधिकृत पौडेलले जानकारी दिनुभयो ।

प्राधिकरणले एयर एसियाले उडान बन्द गरे पनि बाँकी बक्यौता रकमलाई भने सञ्चालन एयरलाइन्सकै सूचीमा राखेको छ । एयर एसियाले गत असोजदेखि नेपालमा उडान बन्द गरेको थियो ।

साथै भारतीय जेट एयरवेजलाई पनि सञ्चालनकै सूचीमा राखिएको छ । तर यो एयर कम्पनीले आर्थिक संकटका कारण नेपालमा अप्रिलदेखि उडान बन्द गरिसकेको छ ।

प्राधिकरणले लामो समयदेखि बक्यौता नतिरेको र बन्द भएका कम्पनी तथा एयरलाइन्सको बाँकी बक्यौताका लागि आज सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

प्राधिकरणले ३० दिनको सूचना जारी गर्दै बाँकी रकम तिर्न आउन भनेको छ । तोकिएको समयभित्र रकम भुक्तानी गर्दै प्राधिकरणलाई सहयोग गर्न प्राधिकरणले सूचना जारी गरेको पौडेलले जानकारी दिनुभयो ।

तोकिएको समयमा बक्यौता भुक्तानी नभएको अवस्थमा भने कानुनी उपचार खोजिने प्राधिकरणको सूचनामा उल्लेख छ ।

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/09/airport-due-nepallive.com_.pdf” title=”airport-due – nepallive.com”]

२०७६ असोज ०७ गते प्रकाशित

वि.सं.२०७६ असोज ७ मंगलवार १५:५३ मा प्रकाशित

You can share this post!

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...