काठमाडौं । शिक्षकहरुले आफनो उपचारको लागि छुट्टै अस्पताल माग गरेका छन। नेपाल शिक्षक महासंघ, राष्ट्रिय कार्य समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘शिक्षक अस्पताल’ माग गरेको हो ।
महासंघका अध्यक्ष बाबुराम थापाले आर्मी अस्पताल, नागरिक अस्पताल भएजस्तै शिक्षकहरुको लागि पनि छुट्टै अस्पताल हुनुपर्ने बताउनु भयो ।
महासंघले शिक्षकहरुको दरबन्दी मिलान, उनीलाई निजामती कर्मचारीहरुको भन्दा बढी सेवा, सुविधासहितको तलवको व्यवस्था गर्न सरकारलाई दवाब दिएको छ ।
शिक्षण पेशालाई मर्या्दित बनाउन सरकारले उनीहरुको सेवा, सुविधा वृद्धिमा विशेष व्यवस्था गर्नुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिइएको अध्यक्ष थापाले बताउनु भयो ।
२०७६ असोज ०७ गते प्रकाशित
वि.सं.२०७६ असोज ७ मंगलवार १७:३६ मा प्रकाशित