back
NMB ad

न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्डको आठ विधामा छनोट भए उत्कृष्ट यी कम्पनीहरु

Kumari bank ad

काठमाडौं । यस वर्षको ‘न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड–२०१९’ मा सम्मानित हुने विभिन्न आठ विधाका कम्पनी छनोट भएका छन ।

कम्पनीको पारदर्शिता, नियमनको अनुपालना, सार्वजनिक छविलगायतका विभिन्न मापदण्डका आधारमा जुरीले ‘बेस्ट म्यानेज्ड कम्पनी’सहित उत्कृष्ट २१ कम्पनी छनोट गरेको छ ।

यी विधामा विभिन्न ‘जुरी’ समूहले बेस्ट म्यानेज्ड कम्पनीसहित बेस्ट म्यानेज्ड कमर्शियल बैंक, बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक, बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी, बेस्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी, बेस्ट म्यानेज्ड लाइफ इन्सुरेन्स कम्पनी, बेस्ट म्यानेज्ड जनरल इन्सुरेन्स कम्पनी, बेस्ट स्टार्टअप कम्पनीहरू पनि छनोट गरिसकेका छन ।

जुरीले तयार गरेका ‘बेस्ट म्यानेज्ड कम्पनी’ छनोटका आधारहरूमा व्यवस्थापनको गुणस्तर, व्यवसायको सामाजिक महत्त्व, संस्थागत सामाजिक उत्तरदायित्त्व (सीएसआर) को परिपूर्ति पनि रहेका छन ।

यस वर्षको लाइफ टाइम एचिभमेन्ट सम्मान पाउने व्यक्तित्व पनि छनोट भइसकेको छ । यसका लागि जुरीले व्यावसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहेर भिजन, इनोभेशन र समर्पणका साथ उत्कृष्ट सार्वजनिक छवि बनाएको आधार मानेर व्यक्ति छनोट गरेको हो ।

गत वर्ष बेस्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी छनोट गर्न नसकिएकोमा यस वर्ष भने यस्तो कम्पनी पनि छनोट गरी पुरस्कृत गरिँदै छ ।

विगतमा वित्तीय क्षेत्रका सबै वर्गका कम्पनीको छनोट एउटै जुरीले गर्दै आएकोमा यस वर्ष माइक्रो–फाइनान्स कम्पनीका लागि छुट्टै जुरीले काम गरेको छ ।

बेस्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी छनोट गर्दा जुरीले औसत कर्जाको आकार, कर्जाको गुणस्तर, कुल सदस्य संख्या, अपरेशनल सेल्फ सफिएन्सी (ओएसएस), स्रोतको परिचालन र यसको दिगोपन, प्रतिकर्मचारी सदस्य संख्याका साथै सामाजिक परिसूचकका आधारमा कम्पनी छनोट गरेको छ ।

थोक कर्जादाता तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नभएका कम्पनीहरूको मूल्यांकन गरिएको छैन । यस्तै ‘बेस्ट स्टार्टअप कम्पनी’ पनि छनोट भइसकेको छ ।

यस वर्गमा जुरीले व्यवसाय दर्ता भएको, करमा दर्ता भएको र नियमित रूपमा वार्षिक साधारणसभा लगायतका काम गरेका कम्पनीहरू मध्येबाट बोर्डको संरचना, रोजगारी वृद्धि, कर्मचारीको क्षमता अभिवृद्धि र कर्मचारीलाई तालीम, विक्री वा ग्राहकको संख्यामा वृद्धि एवम् ग्राहक सेवा प्रणालीको मूल्यांकन गरेको थियो ।

यसरी तयार भएको संक्षिप्त सूचीमा परेका कम्पनीका प्रतिनिधिहरूको जुरीले गहन अन्तरवार्ता पनि लिएको थियो । गत वर्ष बेस्ट म्यानेजड कम्पनी अवार्ड ‘सोल्टी क्राउन प्लाजा’ ले पाएको थियो भने लाइफ टाइम एचिभमेन्टबाट साखः ग्रूपका अध्यक्ष गणेशभक्त साखःलाई सम्मान गरिएको थियो । -आर्थिक अभियानबाट

२०७६ असोज ०९ गते प्रकाशित

वि.सं.२०७६ असोज ९ बिहीवार ११:१९ मा प्रकाशित

You can share this post!

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...