काठमाडौं । नेप्सेले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को मूल्य रेञ्ज तोकेको छ । योजनाको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू. १० तोकिएको हो ।
नेप्सेले योजनाको इकाई कारोबारका लागि एसआईजिएस २ (SIGS2) स्टक सिम्बोल प्रदान गरेको छ ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ सिद्धार्थ क्यापिटलको व्यवस्थापन तथा सिद्धार्थ म्युचुअल फण्डद्वारा सञ्चालित चौंथो म्युचुअल फण्ड हो । बुधवार योजनाको १२ करोड इकाइ नेप्सेमा सूचिकृत भएको थियो ।
२०७६ असोज ०९ गते प्रकाशित
वि.सं.२०७६ असोज ९ बिहीवार १३:२० मा प्रकाशित