back
NMB ad

मेगा बैंकले शेयरधनीहरुलाई ११.७५% नगद लाभांश मात्र दिने

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले यस वर्ष शेयरधनीहरुलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश मात्र दिने भएको छ ।

बैंकको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७५र७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा सो नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्ताहरुले प्राप्त गर्न सक्नेछन ।

अघिल्लो आवको नाफाबाट बैंकले गत वर्ष १ प्रतिशत बोनस शेयर र ६ दशमलव ८५ प्रतिशत नगद लाभांश दिएको थियो । लाभांशको निर्णय गरेकै दिन बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति समेत गरेको छ ।

हाल बैंकको चुक्तापूँजी रू. १० अर्ब ३८ करोड ८६ लाख २१ हजार छ । गत आवमा यस बैंकले रू. १ अर्ब ७१ करोड ९२ लाख ६९ हजार खुद नाफा गरेको थियो ।

वितरण योग्य नाफा रू. १ अर्ब ३५ करोड ८० लाख ७६ हजार थियो । सोही नाफाबाट बैंकले लगानीकर्ताहरुलाई लाभांश दिन लागेको हो ।

२०७६ असोज ०९ गते प्रकाशित

वि.सं.२०७६ असोज ९ बिहीवार १३:२७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...