काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १० दशमलव ८४ प्रतिशत नगद लाभांश गरी कुल १६ दशमलव ८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको छ ।
२०७६ असोज १३ गते प्रकाशित
वि.सं.२०७६ असोज १३ सोमवार १०:४९ मा प्रकाशित