back
NMB ad

ग्लोबल आइएमई बैंकले २५.५% लाभांश दिने

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले २५.५% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १२.५% बोनस र १२.५% नगद गरी कुल २५.५% लाभांश दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने ग्लोबलले जनाएको छ ।

बैंकले १ अर्ब २८ करोड ८८ लाख १४ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, सोही बराबरको रकम नगद बाँड्नेछ । अघिल्लो वर्ष बैंकले १६% बोनस सेयर वितरण गरेको थियो ।

हाल ग्लोबलको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ रुपैयाँ छ । बोनस सेयरपछि भने पुँजी ११ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ पुग्नेछ ।

चुक्ता पुँजी बढाउने अभियानमा रहेको ग्लोबलले हाथवे फाइनान्सलाई एक्वायर गरी भदौ १८ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ । यस्तै, ग्लोबल आइएमई र जनता बैंक पनि आपसमा मर्ज हुने तयारीमा जुटेका छन ।

२०७६ असोज १४ गते प्रकाशित

वि.सं.२०७६ असोज १४ मंगलवार ११:३१ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...