back
NMB ad

आईसिसीले आफैं क्यानको प्रतिबन्ध फुकुवा गर्छ, हामीले पत्राचार गर्नुपर्दैन्ः नवनिर्वाचित अध्यक्ष चन्द ‘अब नेपाली क्रिकेटले नयाँ फड्को मार्छ’

Kumari bank ad

काठमाण्डौं ।  नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले आईसिसीले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास दिलाएका छन् ।

आईसिसीकै सल्लाह र निर्देशनअनुसार काम भैरहेकोले उनले आईसिसीले नै अब बस्ने बैठकबाट क्यानमाथिको प्रतिबन्ध हटाउने उनको दाबी छ। उनले भने,‘मलाई लाग्दैन् कि उसले अब पनि प्रतिबन्ध जारी राख्छ, नेपाल ठूलो सम्भावना भएको देश हो, यो कुरा आईसिसीलाई राम्रोसँग थाहा छ । आईसिसीले पनि नेपाललाई बचाउन खोजेको छ । नेपालको पक्षमा निर्णय गर्छ ।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष चन्दले क्रिकेट विकासका लागि गृहकार्य थालिएको सुनाए । उनले भने,‘निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनु पर्दैन्, नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं। आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ ।’

उनले सरकारी हस्तक्षेप भएको, र स्वतन्त्र र निश्पक्ष चुनाव नभएकोले आईसिसीले क्यानमाथि प्रतिबन्ध लगाएको भन्दै अहिले आईसिसीकै निर्देशनअनुसार आफूहरुले स्वतन्त्र र निश्पक्ष ढंगले सहमतिमै निर्वाचन सम्पन्न गरेकोले अब चाँडै निलम्बन फुकुवा हुने स्पष्ट पारे । उनले भने,‘अन्य कुराहरु सुशासनलगायतका काम गर भनेपछि हामी गर्छौं, निलम्बन फुकुवाको लागि क्यानले प्रपोजल हाल्नुपर्ने कुरा छैन् । हामीले त आईसिसीले जे भन्यो त्यही त्यही खुरुखुरु गरेका हौं ।’ अध्यक्ष चन्दले नेपाली क्रिकेटले अब फड्को मार्ने विश्वास दिलाए । ‘हामी यो क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध तवरले अघि बढिरहेका छौं ।’–उनले थपे । चन्दले खेलाडी छनोटको आधार तय गर्ने बताउँदै भने,‘विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन, मनोमानि ढंगले खेलाडी छनोट गरिएको छ । अब व्यवस्थित ढंगले खेलाडी छनोट गछौं ।’

पछिल्लो समय खेलमैदान पनि निर्माण भैरहेको सुनाउँदै अब क्रिकेटले गति लिने पनि बताए । उनले भने,‘म यही मञ्चबाट चाँडोभन्दा चाँडो खेल मैदानहरु निर्माण गर्नको लागि सरकार, राखेप, प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध गर्दर्छु । प्रत्येक गाउँपालिका र नगरपालिकामा करोडौंको खेलमैदानहरु बनेका छन् । दुर्गम क्षेत्रमा पनि खेलमैदानको लागि त्यत्रो लगानी गरेको छ । यसमा एउटा क्रेज छ । त्यसलाई व्यवस्थित् र स्तरीय बनाउनको लागि सबैको साथ र भूमिका अपरिहार्य छ ।’अध्यक्ष चन्दले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीहरुले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्न पाउने सुनाए । सरकारसँग खेलमैदानको लागि सहकार्य गरेर अघि बढ्ने उनले सुनाए ।

काठमाडौं मुलपानी क्रिकेट रंगशालाको सवालमा पनि राखेपले गरेको काममा सहकार्य गर्ने उनको विश्वास छ । उनले भने,‘विगत तीन वर्षदेखि कर्मचारीहरुलाई तलब दिन सकेका छैनौं । हामी सही ट्रयाकमा ल्याउन संघर्षरत छौं । हामी स्टडी गर्छौं । हामी आफ्नो तवरबाट सक्दो प्रयास गर्छौं । राखेपले गरेको काममा सघाउँछौं ।’ खेलाडीहरुसँग सहकार्य गर्ने सुनाउँदै खेलाडीहरुपनि अनुशासित हुनुपर्ने बताए । ‘३६ देखि चालिस जनालाई नेश्नल सेन्ट्रल कन्ट्याक्टमा ल्याउँछौं’–उनले भने,‘दुई वटा टिम अट्नेगरि हामी होमवर्क गरिरहेका छौं । प्यारालल दुई वटा टिम बनाउने लक्ष्य छ । एउटा सिनियर टिम हुन्छ । अर्को चाहीँ यु–२३ बारे कुरा चलिरहेको छ ।’निर्वाचनमा पराजित भएका साथीहरुसँग सल्लाह गरी नै अगाडी बढ्ने उनको भनाई छ ।

निर्वाचनमा हार जित एक प्रक्रिया भएपनि क्रिकेटमा लामो समय बिताएका साथीहरुको सल्लाह अनुसार क्यानलाई अगाडि बढाउने उनको भनाई छ । उनले विगतमा क्रिकेटका लागि दिएको अनुदान सही सदुपयोग हुन नसकेको आइसिसीको आशंका रहेको पनि सुनाए । उनले भने,‘हामीले कुनै खालको गैरपारदर्शी र विवाद हुने काम गर्दैनौ ।’ उनले क्यानमा जित्ने व्यक्ति गौण भएको बताउँदै उनले भने,‘व्यक्ति गौण हो, संस्था मुख्य कुरा हो । आइसिसीलगायत सरकारले व्यक्तिलाई हेर्दैन् ।’।

उनले क्यानको सिईओपनि प्रतिष्पर्धाको आधारमा नियुक्त गर्ने स्पष्ट पारे । उनले भने,‘आइसिसीले हामीसँग आर्थिक पारदर्शिताका चुस्त प्रशासन सञ्चालनका लागि सिइओ राख्नुपर्ने शर्त राखेको छ। हामी आइसिसीको शर्तमा रहेर काम गर्छौं ।’ त्यस्तै, उनले प्रादेशीक क्रिकेटलाई सशक्त बनाउने आफ्नो योजना रहेको सुनाए । उनले थपे,‘सम्पूर्ण क्रिकेटको विकासका जिम्मा प्रादेशीक क्रिकेटलाई दिन्छौं। नेपाल क्रिकेट संघले सुपरीवेक्षण र गतिविधिलाई सघाउनेछ।’

अहिले निजीस्तरबाट भैरहेका विभिन्न लिगहरुलाई पनि कानुनबमोजिम बनाउने उनको भनाई छ । अध्यक्ष चन्दले यही वर्ष आफूहरुले देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने पनि बताए । उनले भने,‘अब नेपालको आधिकारिक र सबैभन्दा ठूलो लिग एनपिएल हुन्छ, यो लिगबाट नेपाली खेलाडी र नेपाली क्रिकेटले ठूलो प्रगति र फड्को मार्छ ।’

२०७६ असोज १४ गते प्रकाशित

वि.सं.२०७६ असोज १४ मंगलवार १३:२७ मा प्रकाशित

You can share this post!

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...