back
NMB ad

यी बैंकले सार्वजनिक गरे बचतका ब्याजदर, कसको कति ?

Kumari bank ad

काठमाडौँ । आधा दर्जन वाणिज्य बैंकहरुले निक्षेपका नयाँ ब्याजदर सार्वजनिक गरेका छन । बुधबार सनराइज बैंक, एनएमबि बैंक, जनता बैंक, मेगा बैंक नबिल , प्रभु लगायतका बैंकले ब्याजदर सार्वजनिक गरेका हुन ।

सनराइज बैंकको मुद्दतीमा ९.२५ प्रतिशत व्याज सार्वजनिक गरेको छ भने बचततर्फ ४ देखि ६ प्रतिशतसम्म ब्याज दिने बताएको छ । यस बैंकले विभिन्न १८ खाले बचत खाताहरु संचालनमा ल्याएको छ ।

त्यसैगरी, जनता बैंकले पनि मुद्दति निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत दिएको छ । त्यस्तै, प्रभु बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत व्याजदर सार्वजनिक गरेको छ ।

बैंकले १८ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । त्यस्तै, मेगा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत छ ।

त्यस्तै बचततर्फ सबैभन्दा बढी ६.५० सबैभन्दा कम ०.५० प्रतिशतसम्म छ । बैंकले अहिले २९ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

एनएमबि बैंकको मुद्दति निक्षेपमा संस्थागततर्फ ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत छ भने बचततर्फ ६.५० प्रतिशत छ । यस बैंकले विभिन्न ३५ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । त्यसैगरी नबिलले मुद्दतितर्फ ८ प्रतिशत व्याज दिएको छ ।

२०७६ असोज १६ गते प्रकाशित

वि.सं.२०७६ असोज १६ बिहीवार ०८:१९ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...