back
NMB ad

दुई करोड ५२ लाख ६५ हजार ८१३ कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । यस साता चार कम्पनीको दुई करोड ५२ लाख ६५ हजार ८१३ कित्ता शेयर थपिएको छ । प्राइम कमर्सियल बैंक, एनसीसी बैंक, आईएमई जनरल इन्स्योरेन्सको बोनस तथा ग्लोबल आइएमई बैंकले प्राप्ती गरेको हाथवे फाइनान्सको कन्भर्जन शेयर गरि सो परिमाणमा शेयर सूचीकृत भएको हो।

प्राइम कमर्सियल बैंकले वितरण गरेको १ करोड २८ लाख कित्ता शेयर कारोबारका लागि यसै साता बैंकले सूचीकरण गराएको हो। बैंकको २०७६ जेठ २६ गते आइतबार सम्पन्न भएको ११ औं वार्षिक साधारण सभाबाट उक्त बोनस पारित भएको थियो। ।

सो बोनस साधारण सभाका लागि शेयरधनी दर्ता किताब बन्द भएको मिति जेठ ९ भन्दा अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन।

यसैगरि नेपाल क्रेडिट एण्ड कर्मस बैंकको एक करोड ११ लाख ५२ हजार ५३५ दशमलव २२ कित्ता बोनस शेयर पनि यसै साता कारोबारका लागि सूचीकृत भयो।

एनसीसी बैंकको गत भदौ २१ गते सम्पन्न २० औं र २१ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट चुक्ता पूँजीको १५.८९ प्रतिशत बराबरको कित्ता बोनस शेयर पारित भएको थियो। उक्त बोनस शेयर अनुमोदन भएको थियो। सो बोनस साउन २३ गते बिहीबारसम्म कायम रहेका शेयरधनीले मात्रै पाउनेछन।

यसै साता आइएमई जनरल इन्योरेन्स (क्ष्न्क्ष्) को ४ लाख ८६ हजार कित्ता बोनस सूचीकृत भएको छ। इन्योरेन्सले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट वितरण गरेको चुक्ता पूँजी चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँको ५ प्रतिशत बराबरको बोनस कम्पनीको २०७६ असार २९ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो। कम्पनीको बोनस असार १४ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र शेयर डिम्याट खातामा प्राप्त गर्नेछन।

कम्पनीले उक्त बोनस शेयरका लागि नगद लाभांश वितरण नगरेकाले शेयरधनीले बोनस शेयरमा लाग्ने कर रकम सिद्धार्थ बैंकको खाता नम्बर ०३३१५०४७८९१ मा जम्मा गरि उक्त भौचर इन्स्योरेन्सको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा इमेल पठाए पश्चात मात्र शेयरधनीले उक्त लाभांश पाउनेछन।

यसैगरि ग्लोबल आइएमई बैंकको पनि १२ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको छ। यो शेयर हाथवे फाइनान्सको १०० बराबर ४२ अनुपातमा कन्भर्जन भएको शेयर हो। हाथवे फाइनान्सको चुक्ता पूँजी ३० करोड रहेकोमा ४२ शेयर अनुपातमा सूचीकृत हुँदा १२ करोड ६० लाख बराबरको शेयर सूचीकृतरण भएको हो।

२०७६ असोज १८ गते प्रकाशित

वि.सं.२०७६ असोज १८ शनिवार ०७:२९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...