back
NMB ad

सी चिनफिङ काठमाडौं आए लगत्तै भेटघाटमा व्यस्त, राष्ट्रपतिद्वय भण्डारी र सीबीच छलफल

Kumari bank ad

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आए लगत्तै भेटघाटमा व्यस्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी सीबीच भेटवार्ता शुरु भएको छ । दुई राष्ट्रपतिबीच सितल निवासमा भेटवार्ता भइरहेको छ ।

राष्ट्रपतिद्वयबीच दुई मुलुकको हितबारे छलफल भइरहेको स्रोतले जनाएको छ । सी राष्ट्रपतिसँग छलफलको लागि काठमाडौं आएको केहीबेरमा सितल निवास पुग्नु भएको हो ।

राष्ट्रपति भण्डारीसँगको छलफलपछि सीसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्ने कार्यक्रम छ । देउवासँगको भेटवार्तापछि राष्ट्रपति भण्डारीले आयोजना गरेको राजकीय भोजमा सी सहभागी हुनुहुनेछ । राष्ट्रपति सी त्यसपछि आराम गर्नुहुनेछ ।

राष्ट्रपति सीसँग आइतबार बिहान प्रधानमन्त्री केपी ओलीले भेटघाट गर्नुहुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्रीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

समझदारीपत्रमा हस्ताक्षरपछि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति सी त्यसपछि नेपालको राजकीय भ्रमण पूरा गरी अपरान्ह १२ः३० बजे फर्कनु हुनेछ ।

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २५ शनिवार १९:२१ मा प्रकाशित

You can share this post!

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...